Comments Add Comment

बैंकर गुरुङले ल्याए गीति एल्बम ‘पल’

pal-bimochan
काठमाडौं । बैंकर गोबिन्द गुरुङको तेस्रो गीतिसँग्रह ‘पल’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बासकोटा, सदस्य सचिब गणेश रसिक, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृति (सिईओ) किशोर महर्जनले एल्बमको संयुक्त बिमोचन गरे ।

कार्यक्रममा गुरुङले एल्बमबारे जानकारी दिँदै आगामी दिनमा गायनलाई निरन्तरता दिने बताए । उनले गीतिसंग्रह विक्रीबाट उठेको सबै रकम दुर्गम गाउँका विद्यालयमा कम्प्युटर सामग्री र कम्प्युटर कक्षा सञ्चालनमा खर्च गर्ने योजना रहेको बताए । सिभिल बैंक कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत मा कार्यरत छन् गुरुङ ।

कार्यक्रममा दुई ओटा म्युजिक भिडियो सार्वजनिक गरियो । भिडियोमा सावित्री गुरुङ, सुप्रिया कटवाल लगायतले मोडलिङ गरेका छन् । यस अघि लोक गीतिसंग्रह ‘खुदी बजारमा’ आधुनिक गीति एल्बम ‘परिचय’ ल्याएका थिए ।

पलमा ९ ओटा गीत छन् । ९ मध्य ६ ओटा गीतको रचना र संगीत गुरुङ आफैंले गरेका छन् । बाँकी तीन गीतको रचना चलचित्र निर्देशक तुलसी घिमिरे, गीतकार ललिजन रावल र राजु थापाले गरेका छन् । पलमा सँग्रहित दुई ओटा गीतमा बिबी अनुरागी र एउटा गीतमा शक्ति बल्लभको संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment