Comments Add Comment

सिनेमा हलमा देखिन थाले दलका नेता

baburam-bhattaraiFINAL

काठमाडौ । संविधानसभा राजनीतिक सम्बाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टरार्इको दैनिकी अहिले पनि विभिन्न राजनितीक दलका नेताहरुसँग संवाद गरेरै बित्छ ।

बिहानदेखी बेलुकासम्मै राजनीतिक संवादकै लागि जुटेका भट्टराई गैर राजनीतिक कार्यक्रममा पनि उत्तिकै समय दिन्छन् । दिपा बस्नेत निर्देशित फिल्म हेर्ने निम्तो पाएका भट्टराई शुक्रवार बिहानै कमलपोखरीस्थित कुमारी हलमा पुगे । तर, पुरै फिल्म हेर्न भ्याएनन् ।

फेसबुकमा स्टाटस भने लेखे -‘श्री ५ अम्बरे’ को प्रिमियर शोको प्रारम्भिक अंश मात्रै हेर्दा सडक वालवालिका/युवाको जीवन र दुनियाँ बुझ्न उपयोगी लाग्यो । फिल्मको सफलताको कामना ।’ फिल्म हेर्न एमाले नेता प्रदीप ज्ञवाली पनि पुगेका थिए ।

राजनीतिक दलका नेताले हलमा पुगेर सिनेमा हेरी शुभकामना दिएको यो पहिलो पटक भने होइन । यसअघि पनि डा. भट्टराईले गुण सिनेमा हल ग्वार्कोमा रेखा थापा अभिनित फिल्म ‘कसले चोर्‍यो मेरो मन’ हेरेका थिए भने श्रीकृष्ण श्रेष्ठ अभिनित कोहिनुर पनि हलमै पुगेर हेरे । बृत्तचित्र, राजनीतिक बिषयसँग जोडिएका फिल्म प्रदर्शन हुँदा हलमै पुगेर हेर्ने गर्छन् उनी ।

फाइल फोटो
फाइल फोटो

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि फिल्ममा रमाउने नेताका रुपमा चिनिन्छन् ।

द्धन्द्धकालमै करिष्मा मानन्धरको सौन्दर्यवाट प्रभावित भएको भन्ने समाचार भारतीय मिडियामा आएपछि विवादमा आएका प्रचण्ड खुला राजनीतिमा आएपछि धेरै फिल्म हलमै गएर हेरेका छन् ।

पछिल्लो समय एमाले नेता माधवकुमार नेपाल, प्रदिप ज्ञवाली सिनेमा हेर्ने काममा सक्रिय हुन थालेका छन् ।

minendra

कांग्रेस नेता एवं सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल पनि फिल्म हेर्न जाँगर लगाउने नेताको रुपमा चिनिन्छन् । नेपाली कांग्रेसका हङकङमा आयोजित ‘नेफ्टा फिल्म अवार्ड’ उद्घाटन गरेका रिजाल सिनेमाको मुहुर्त कार्यक्रममा पनि सहभागी हुन थालेका छन् ।

युद्धका फिल्मले नेतालाई तान्यो

एमाओवादी र तत्कालिन सात राजनीतिक दलविच भएको सहमतिले कम्युनिष्ट नेताहरुलाई सिनेमा हलले आकषिर्त गरेको निर्देशकहरुको भनाइ छ । चलचित्र ‘जनयुद्ध’ का निर्देशक बिमल पौडल भन्छन ‘सिनेमामा जनयुद्धको मर्म र भावना प्रस्तुत हुन थालेपछि माओवादी नेताहरु हलमा आकषिर्त भएका हुन्’

आफुले निर्देशन गरेको चलचित्र जनयुद्ध, किसान र नागरिक अध्यक्ष प्रचण्डले हलमै गएर हेरेको बताउने पौडेल माओवादी नेताकै कारण अन्य नेताहरुलाई पनि हलमा जान दबाब परेको बताउँछन् ।

उनको भनाइअनुसार माओवादी नेताहरुले नेपाली फिल्म र कला क्षेत्रमा चासो राखेपछि अन्य दलका नेता समेत वाध्य भए चलचित्रकर्मीसंग नजिक हुन् । उनी भन्छन ‘माओवादी पार्टी युद्धमा हुँदा कांग्रेस-एमालेका कुनै पनि नेताले सिनेमा हेरेनन्, अहिले सबै दलका नेता आउन थालेका छन् ।’

माओवादी नेताहरुकै कारण अन्य दलका नेतालाई सिनेमामैत्री हुन दबाब परेको धारणा राख्ने कलाकार देशभक्त खनाल नेताहरु सिनेमामैत्री हुनु चलचित्रकर्मीका लागि राम्रो हो भन्छन् । खनाल एमाले निकट कलाकारका रुपमा चिनिन्छन् ।

नेपाली कांग्रेससंग रहेका द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ सिनेमाको सवालमा नेपाली कांग्रेसका नेताले माओवादीवाट सिक्नुपर्ने धारणा राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment