Comments Add Comment

मोदीका सबै धार्मिक भ्रमण रद्द भएको भारतीय पक्षद्वारा पुष्टि

Modi
७ मंसिर, काठमाण्डौ । अन्ततः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाण्डौं बाहिरका धार्मिक भ्रमण रद्द भएको पुष्टी भएको छ ।

भारतीय बिदेशमन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले आज बिहान ट्वीट गर्दै भने-‘सार्क सम्मेलनका क्रममा मोदीले काठमाण्डौको मात्र भ्रमण गर्नुहुनेछ ।’

‘भारतमा गरिएका प्रतिबद्धताका कारण’ मोदीले बाहिरका भ्रमण स्थगित गर्नुपरेको उनले बताएका छन् ।

‘प्रधानमन्त्रीको पछिल्लो नेपाल भ्रमणका बेला उहाँले लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमण गर्ने इच्छा देखाउनुभएको थियो र सार्क सम्मेलनकै क्रममा उहाँले ती ठाउँको भ्रमण गर्ने अपेक्षा थियो’ प्रवक्ताले भने- ‘तर, प्रधानमन्त्रीले मुलुकभित्र गरेका केही उपेक्षा गर्नै नसक्ने केही आन्तरिक प्रतिबद्धता र भ्रमण तालिकाका कारण सार्कका बेला उहाँले काठमाण्डौको मात्र भ्रमण गर्नुहुने छ ।’

नेपालसँगको बिशेष सम्बन्धबारे प्रधानमन्त्री अत्यन्तै सचेत रहेको भन्दै प्रवक्ताले आगामी दिनमा फेरि लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमण गर्न र नेपालका राजनीतिक नेतृत्व तथा जनतासँग अन्तरक्रिया गर्न तयार रहेको बताएका छन् ।

modi-visit

मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणको तयारी भइरहेकाबेला तीन दिनअघि भारतीय पक्षले मोदीले काठमाण्डौबाहिरका भ्रमण रद्द गरेको अनौपचारिक सूचना चुहाएको थियो ।

तर, भारतले औपचारिक जानकारी नदिंदै नेपाल सरकारका मन्त्री बिमलेन्द्र निधिले चाकडीको शैलीमा हतार-हतार बिज्ञप्ति जारी गरेपछि भारतीय पक्षले त्यसबारे अनबिज्ञता दर्शायो ।

त्यसपछि नेपाल सरकारले भ्रमण स्थगित नभएको भन्दै पुनः भ्रमणको तयारी थालेको थियो ।
मोदी काठमाण्डौ बाहिर जाने-नजाने अन्योलवीच बिदेशमन्त्रालयका प्रवक्ताले मोदीले काठमाण्डौको मात्र भ्रमण गर्ने स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment