Comments Add Comment

पेट्रोलियम पदार्थको मूल्य फेरि घटाउने तयारी

७ मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाउने भएको छ । पेटो्रलियम पदार्थमा स्वचालीत मुल्य लागु भएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकोले सोहि अनुसार समायोजन गर्दा फेरि मुल्य घट्न लागेको हो ।

Petrol-Pumpनिगम सन्चालक समितिको बैठक बसेर मुल्य समायोजन गर्ने तयारी भैरहेको प्रबक्ता मुकुन्द घिमिरेले जानकारी दिए । अन्तराष्ट्रिय बजारमा घटेको मुल्य अनुसार नेपालमा डिजेल, पेट्रोल र मटि्टतेलमा प्रतिलटर मुल्य एक रुपैया ५० पैसासम्म घट्ने निगमले जनाएको छ ।

यसअघि निगमले दुइ साता अघि पेट्रोलमा प्रतिलिटर २ रुपैया ४७ पैसा, डिजेल तथा मटि्टतेलमा प्रतिलिटर १ रुपैया ६७ पैसा घटाएको थियो ।

आईओसीले पेट्रोल पाइपलाइन निःशुल्क बनाउने

यसैबीच इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाललाई पेट्रोल पाइपलाइन निःशुल्क बनाइदिने सम्बन्धी प्रतिबेदन तयार भएको छ । नेपाल आयल निगम र आइओसीका अधिकारीबीच भएको वार्तामा उसले अमलेखगन्ज-रक्सौल पेट्रोल पाइपलाइन बनाइदिने प्रस्तावमा सहमति जनाएको हो ।

कार्यदलले तयार पारेको प्रतिवेदन आइतबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाइदैछ । आइओसीले पनि भारत पुगेर आफ्नो मन्त्रालयमा प्रतिवेदन बुझाउने छ ।
पाइपलाइन निर्माणको प्राविधिक तथा आर्थिक पक्ष र सञ्चालन विधिसहितको विस्तृत कार्ययोजना दुई देशका प्रतिनिधि सम्मीलित कार्यदलले तयार पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment