Comments Add Comment

सार्क स्थायी समितिले संरचना हेरफेर गर्ने

Saarc
७ मंसिर, काठमाण्डौ । १८ औं सार्क शिखर सम्मेलन अन्र्तगत आइतबार स्थायी समितिको बैठक बस्दै छ ।

सदस्य राष्ट्रका परराष्ट्र मामिला सचिवले बैठकको नेतृत्व गर्नेछन् । बैठकमा शनिबार कार्यक्रम समितिले प्रस्तुत गरेको सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन वटा खारेज गर्न र चारओटालाई आपसमा गाभ्ने बिषयमा छलफल गर्ने छ । साथै सार्कको संरचना हेरफेर र जिम्मेवारी निर्धारण गर्ने विषयमा पनि छलफल हुने परराष्ट मन्त्रालयले जानकारी दिएको छ ।

स्थायी समिति बैठकमा नेपालका तर्फबाट कायममुकाय परराष्ट्र सचिव शङ्करदास वैरागी, अफगानिस्तानका क्षेत्रीय सहयोग विभागका उपमहानिर्देशक सेद्दिक रसुली, बङ्गलादेशका विदेश सचिव साहिदुल हक, भुटानका विदेश सचिव यासेइ दोर्जी सहभागि हुनेछन् । यस्तै भारतका विदेश सचिव सुजाथा सिंह, माल्दिभ्सका विदेश सचिव अलीनासिर मोहम्मद, पाकिस्तानका विदेश सचिव अजिज अहमद चौधरी र श्रीलङ्काका तर्फबाट बाहृय मामिलासम्बन्धी सचिव क्षेनुका सेनेवारत्नेले नेतृत्व गर्नेछन् ।

सार्क स्थायी समितिको बैठक दुई दिन बस्ने छ । मङ्गबार हुने मन्त्रिपरिषद् बैठकले काठमाडौँ घोषणापत्रलाईं अन्तिम रुप दिने छ भने मन्त्रिपरिषद्ले किनारा लगाउन नसकेका विषय सरकार प्रमुखको शिखर बैठकमा प्रस्तुत हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment