Comments Add Comment

वैद्य र बादलबीच अन्तरविरोध, बादल बहुमतमा

७ मंसिर, काठमाडौं । पार्टीमा फरक मत राख्दै आएका सचिव नेत्रविक्रम चन्द विप्लव पक्षलाई कारवाही गर्ने की नगर्ने भन्नेमा नेकपा-माओवादी दुई ध्रुवमा बाँडिएको छ । अध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलको पक्षमा माओवादी नेताहरु बिभाजित भएका हुन् ।

KIRAN-AND-BADAL-FINAL

विप्लव पक्षलाई यसअघि स्पष्टिकरण लिने निर्णय फिर्ता लिएर पार्टीलाई बिभाजन हुनबाट रोक्नुपर्नेमा किरण पक्ष रहेको छ । तर, बादल पक्षले भने कठोर निर्णय लिएर अघि बढ्न नेतृत्वलाई दवाव दिदै आएको छ ।
बादलको पक्षमा बहुमत

नेकपा-माओवादीका नेताहरु विप्लवलाई कारवाही गर्ने की नगर्ने भन्ने पक्षमा बिभाजित भएकोबेला अध्यक्ष किरण भने केन्द्रीय समितिमा अल्पमतमा परेका छन् । महासचिव बादलको पक्षमा केन्द्रीय सदस्यहरुको बहुमत छ ।

किरणको पक्षमा सोनाम, धर्मेन्द्र बास्तोला, पूर्ण घर्ती लगायतका नेताहरु छन् ।

यस्तै बादलले प्रवक्ता पम्फा भुसाल, हितमान शाक्य, सूर्य सुवेदी ‘पथिक’ लगायतका नेताहरुको साथ पाएका छन् ।

उपाध्यक्ष सीपी गजुरेल र सचिव देब गुरुङ भने कसैको पक्ष र विपक्षमा खुलेका छैनन् । यद्यपी बादलसँग व्यक्तिगत सम्वन्ध राम्रो नभएकोले गजुरेलले अन्तिम अवस्थामा किरणलाई साथ दिने बुझिएको छ ।

विप्लवसँग व्यक्तिगत सम्वन्ध बिग्रिएकाले सचिव गुरुङले बादललाई साथ दिने उनी निकट नेताहरु बताउँछन् ।

विप्लव पक्ष बैठकमा सहभागी

संस्थापन पक्षकै नेताहरुमा बिभाजनको स्थिति देखिएकोबेला विप्लव पक्ष भने आइतबारबाट शुरु केन्द्रीय समितिको विस्तारित बैठकमा सहभागी  भएको छ । बैठकमा सहभागी भएर आफ्ना कुरा राख्ने विप्लव पक्षका एक नेताले जानकारी दिए ।

पार्टीले हाल लिएको नीति र सिद्धान्तमा असन्तुष्टि जनाउँदै विप्लवले कपिलबस्तुमा आफू निकट कार्यकर्ताहरुको छुट्टै भेला समेत गरिसकेका छन् । सोही भेलाको निष्कर्ष पूर्ण केन्द्रीय समिति बैठकमा राख्ने विप्लवको तयारी छ ।

माओवादी जनयुद्ध लगायत हालसम्मका उपलब्धीको रक्षा गर्न प्रतिरोध संघर्षमा जानुपर्ने भेलाले निष्कर्ष निकालेको थियो ।

यो पनि पढ्नुहोस्

विप्लव र प्रकाण्डलाई स्पष्टीकरण सोध्ने वैद्य माओवादीको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment