Comments Add Comment

राजघाटमा मालबाहक ट्रक पल्टियो, ९ घाइते

truck
तेजन खड्का
७ मंसिर, मोरङ । मोरङको राजघाटमा मालबहाक ट्रक पल्टदा ९ जना गम्भिर घाईते भएका छन् । राजघाटको दुर्गापुरी बजारबाट व्यापारीहरुको समान बोकेर उर्लाबारी तर्फ जाँदै गरेको को १ ख ८८४ नम्बरको ट्रक अनियन्त्रित भई राजघाट-९ खाइवाचौकमा दुर्घटना भएको हो ।

ट्रक शनिबार साँझ दुर्घटनामा परेको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक नबराज कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी घाइेत भएका मध्ये मोरङ उर्लाबारी-३ का ४४ वर्षका रामदेव पोद्धार, ५४ वर्षका प्रकाश पोद्धार, उर्लाबारी-१ का २२ वर्षका अनिल धिमाल तथा अन्य तीन जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै उर्लाबारी-४ का ४० वर्षकी ललिता शाह र १६ वर्षका चन्द्र थापाको उर्लाबारी हस्पिटल र २० वर्षका जनम अधिकारीको गोदावरी हस्पिटल प्रालिमा उपचार भईरहेको छ ।

ट्रकका चालक मैदिन मिया फरार छन् । उनको खोजी भईहरको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन् ।
दुर्घटनाग्रस्त ट्रक धेरै पुरानोे, क्षमता भन्दा बढी समान लोड गरेको र सागुरो सडक भएको कारण पल्टिएको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment