Comments Add Comment

भक्तपुरमै बन्ने भो वृन्दाबन

ANANTA-LINGESHWOR-MANDIR,-D
दधिकोटस्थित अनन्तलिंगेश्वर मन्दिर

७ मंसिर, भक्तपुर । भक्तपुरको दधिकोट-४ मा अवस्थित अनन्तलिंगेश्वर महादेव मन्दिरलाई वृन्दावनका रुपमा विकास गरिने भएको छ ।

वृन्दावन बनाउने खर्च जुटाउन आउँदो १२ देखि २० गतेसम्म विराट धान्यान्चल श्रीमदभागवत महायज्ञ समेत हुदै छ ।

अनन्तलिंगेश्वर संरक्षण तथा विकास समिति र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संयुक्त आयोजनामा हुने यज्ञमा केन्द्रका प्रमुख संरक्षक पण्डित दिवाकरप्रसाद भण्डारीले भागवत बाचन गर्नेछन् ।

महायज्ञबाट दुई करोड रुपैयाँ आम्दानी हुने अनुमान आयोजकको छ । यज्ञ सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च हुने र बाँकी रकम मन्दिर क्षेत्रको विकास निर्माणमा खर्च गरिने यज्ञ व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेले बताए ।

महायज्ञबाट उठेको रकमले हाल त्यहाँ रहेका देवदेवीका मन्दिरहरुको व्यवस्थापन गरिने छ ।

महायज्ञका बेला करिब २५ हजार तीर्थालुले मन्दिर क्षेत्र भ्रमण गर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment