Comments Add Comment

पोखरा फाइनान्सको १६ प्रतिशत लाभांश पारित

pokhara-finance-Final-

७ मंसिर, काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको १८औं वाषिर्क साधारणसभाले १६ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

शुक्रबार पोखरामा सम्पन्न भएको सभाले १० प्रतिशत नगद तथा ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी ३३ करोड ७ लाख २० हजार पुग्नेे  प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

आर्थिक वर्ष २०७०/०७१ मा फाइनान्सले २ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्व १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा बैंक ६ करोड ४९ लाख खुद नाफा कमाएको थियो ।

पोखराको न्यृ्रोडस्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको यस वित्तीय संस्थाको सभागृहचोक पोखरा, भिमकालीपाटन पोखरा र सुन्धारा काठमाण्डौ गरी ३ वटा शाखाहरु  सञ्चालनमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment