Comments Add Comment

अाइरिन एजुकेसन फेयर अाज सकिँदै 

education-fair00

७ मंसिर, काठमाण्डौ । राजधानीमा जारी ‘आइरिन इन्टरनेशनल एजुकेसन फेयर-२०१४’ अाइतबार सम्पन्न हुँदैछ ।

उच्च शिक्षाका लागि बिदेश अध्ययन गर्न चाहाने बिद्यार्थी र उनीहरुका अभिभावकलाई एकमुष्ठ सूचना दिने उदेश्यले शनिबारदेखि जारी मेलामा नेपालका शैक्षिक परामर्श ब्यबसायी, भारत, जापान, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड लगायतका शिक्षण संस्था र उनीहरुका आधिकारिक प्रतिनिधिको सहभागिता रहेको छ ।

education-fair0

नेपालका अग्रणी शैक्षिक परामर्श संस्थाहरु संलग्न रहेको आइरिनले उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने बिद्यार्थीलाई सही र आधिकारिक सूचना र जानकारी उपलब्ध गराउन मेलाको आयोजना गरेको हो ।

इन्टरनेशनल एजुकेसन इनिसेटिभ अफ नेपाल (आइरिन)को आयोजनामा मेला सञ्चालन भएको हो । मेला होटल अन्नपूर्णमा जारी छ ।

education-fair

education-fair2

education-fair3

education-fair4

education-fair5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment