Comments Add Comment

एमाले जिल्ला अधिवेशनहरुमा ओलीलाई धक्का

kp oli and Madhav nepal७ मंसिर, काठमाडौं । नेकपा एमालेको चार महिनाअघि सम्पन्न नवौं महाधिवेशनमा झिनो मतले पराजित माधव नेपाल पक्ष जिल्ला अधिवेशनहरुमा  बलियो देखिएको छ ।

एमालेका बिभिन्न जिल्ला अधिवेशनहरु जारी रहेका बेला पहिलो चरणमै नेपाल पक्ष हावी भएको छ । हालसम्म जिल्ला अधिवेशन सम्पन्न भएका सबै ठाउँमा नेपाल पक्षले जितेको एमाले स्रोतले जनाएको छ ।

सुर्खेतमा ओली पक्षका नवराज रावतलाई पराजित गर्दै नेपाल पक्षका युवा नेता ध्रुव शाही अध्यक्षमा निर्वाचित भएका छन् । रावत यसअघि अध्यक्ष थिए ।

भेरी अन्चल इन्चार्ज यमलाल कँडेल सोही जिल्लाका नेता भए पनि उनले आफ्नो समूहका रावतलाई जिताउन सकेनन् ।

त्यस्तै ताप्लेजुङ र इलाममा पनि नेपाल पक्षले जितेको मेची अन्चल सहइन्चार्ज रविन कोइरालाले बताए । उनका अनसार ताप्लेजुङको अध्यक्षमा बलवहादुर साम्सोहाङ निर्वाचित भएका छन् । उनले ओली पक्षका राम सुवेदीलाई पराजित गरेका हुन् ।

तर, ताप्लेजुङकाे अधिवेशनमा सहभागी एक एमाले कायर्कर्ताले भने राम सुवेदी याेगेश भट्टरार्इकाे मान्छे रहेकाे दाबी गरे । बलबहादुरलार्इ अाेली पक्षाका हिक्मत कार्कीले साथ दिएकाे उनले बताए ।

त्यस्तै इलाममा नेपाल पक्षकै राम राना अध्यक्षमा निर्वाचित भएका छन् । उनले ओली पक्षका गणेश बराललाई पराजित गरेका थिए ।

इलामको राजनीतिमा राना झलनाथ खनाल निकट मानिन्छन् भने बराल सभामुख सुवास नेम्वाङ पक्षधर मानिन्छन् ।

उता माधव नेपालको गृहजिल्ला रौतहटमा आइतवार विहान सम्पन्न मतगणनाबाट नेपाल पक्षधर कमल राय यादव अध्यक्षमा निर्वाचित भएको प्रेस चौतारीका अध्यक्ष फणि महतले जानकारी दिए । उनले ओली पक्षधर जयचन्द पटेललाई पराजित गरेका हुन् ।

बाँके जिल्लामा नयाँ नेतृत्वका लागि आइतवार मतदान भइरहेको अनलाइनखबर सहकर्मी आरपी सुवेदीले जानकारी दिएका छन् । बाँकेको अध्यक्षमा ओली पक्षबाट पदम धिताल र नेपाल पक्षबाट अशोक कोइरालाबीच प्रतिस्पर्धा छ ।

दैलेखमा मंसिर ९ र १० गते जिल्ला अधिवेशन हुदैछ । त्यहाँ ओली पक्षबाट रविन्द्रराज शर्मा र नेपाल पक्षबाट सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment