Comments Add Comment

हिमाल उल्टो चढेर सञ्जयको नयाँ कीर्तिमान

sanjaya-1सिड्नी । अफ्रिकाको चुचुरोमा छिटो चढेर र युरोपको सर्वाेच्च शिखरमा अर्धनग्न रहेर कीर्तिमान बनाउने नेपाली युवा आरोही सन्जय पण्डितले अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्को उल्टो चढेर नयाँ कीर्तिमान बनाएका छन । लामो दूरीका धावकका रुपमा चिनिएका सन्जय पछिल्लो समयमा कीर्तिमानी आरोहीका रुपमा स्थापित हुन पुगेका छन ।

विश्वको सातै महादेशका अग्ला हिमाल चढेर सेभेन समिटरको उपाधिका लागि प्रयत्नरत सन्जयले एशिया, युरोप, अफ्रिका र अस्टे्रलियाको उच्च शिखरको सफल आरोहण गरिसकेका छन । अब उनको लक्ष्य अमेरिकाको डेनाली रहेको छ । अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्कोलाई उल्टो हिडेर छिचोल्ने क्रममा सन्जयले ५ घन्टा ४५ मिनेट लगाएका थिए । उनले करिब ६ घण्टाको कठिन यात्रापछि चुचुरोमा चन्द्रसूर्य अंकित झण्डा फहराएका थिए । उनको यो कीर्तिमानी आरोहणमा सिड्नीका सन्चारकर्मी र ब्यवसयीले पनि साथ दिएका थिए ।

नेपालवाटै अस्टे्रलियाको उच्च शिखर माउन्ट कोजियस्को उल्टो हिडेर आरोहण गर्ने घोषणा गर्दा पुरा गर्न सकिन्छ कि सकिदैन भन्ने लागेको थियो तर त्यो सम्भव भयो, सन्जयले सफल आराहेणपछि बताए । राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर, ढाकाटोपीमा उल्टो आरोहण गरेका सन्जयले माउन्ट कोजियस्कोको आधारशिविर थ्रेड्बोवाट चुचुरोसम्मको यात्रा रोमान्चक रहेको बताए । सुल्टो चढ्न खासै कठिन नभएपनि उल्टो चढ्न भने निकै कठिन भएको उनको अनुभव छ ।

यो सम्भवतः विश्वकै नयाँ कीर्तिमान हुन सक्छ, आजसम्म कसैले उल्टोवाट यो हिमाल आरोहण गरेको छैन, त्यसैले पनि यसलाई मैले कीर्तिमानका रुपमा लिएको छु , उनले भने । हामी भिडियो र फोटोसहितको प्रमाण सहित गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि निकट भविष्यमा पठाउने छौं, सन्जयले भने । सफल आरोहणपछि सन्जयलाई अस्टे्रलियाको क्यानबेरास्थीत नेपाली राजदुतावासमा राजदूूत रुद्र नेपालले बधाइ दिदै खादा ओढाएर सम्मान गरेका थिए ।

प्रारम्भमा आधार शिविरवाट सिड्नीका नेपाली उद्यमी तथा प्यासेफिक कलेजका प्राचार्य प्रदीप ढकालले राष्ट्रिय झण्डा र कलेजको ब्यानर दिएर सन्जयको कीर्तिमान उल्टो आरोहणको सुभारम्भ गरेका थिए । सन्जयले काउन्ट कोजियस्कोमा प्यासेफीक कलेज लगायत उनलाई सहयोग गर्ने संघसंस्थाको ब्यानरसमेत प्रर्दशन गरेका थिए । उनको कीर्तिमानी आरोहणदलमा पुराना क्यामरा पर्सन शम्भुराज डंगोलले छायांकन, पवन दाहालले र पारस सुबेदी सम्मीलित रहेका थिए । यसअघि सन्जयले सगरमाथा र मनास्लु लगायतका चर्चित हिमालकेा सफल आरोहण गरिसकेका छन् ।

विश्वको सर्बोच्च शिखर सगरमाथा दुई पटक सफल आरोहण गरेका सन्जयले त्यसपछि भने सेभेन समिट अर्थात सातै महादेशका सर्वोच्च शिखर चढने निर्णय लिएका थिए । त्यसपछि उनले अफ्रिकाको छानोका रुपमा चिनिएको माउन्ट किलिमन्जेरोको सफल अरोहणका साथै दक्षिण एशियाकै तिब्र गतीका आरोहीको कीर्तिमान कायम गरे । लगत्तै सन्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट ३ सेकेन्ड अर्धनग्न बस्दै नयाँ कीर्तिमान कायम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment