Comments Add Comment

सकियो ‘नाइ नभन्नु ल ३’, ‘नीरञ्जना’को तयारीमा विकास

sanchita-and-suraj-sing

‘नाइ नभन्नु ल ३’ को सुटिङ सकिएको छ । आउँदो चैत २७ गते मुलुकभर चलचित्र प्रदर्शन हुने निर्माता विकास आचार्यले जानकारी दिए । ‘अब धमाधम प्राविधिक काम सुरु हुन्छ’ निर्माता आचार्यले भने ।

‘नाइ नभन्नु ल २’ को सिक्वेल भएपनि यो फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन् । यसअघि आचार्यकै फिल्ममा सहायक निर्देशक भएर काम गरेका ढकालको यो पहिलो फिचर फिल्म हो । ‘मेरो बुबाको निधन भएको एक वर्षसम्म शुभकाम नगर्ने योजनामा छु त्यसकारण मुस्कान जीलाइ निर्देशनको जिम्मा दिए’ आचार्यले भने ।
मुस्कानको कामवाट प्रभावित भएकाले निर्देशनको जिम्मेवारी सुम्पेका आचार्यले चलचित्र राम्रो बनेको दाबी गरे । जेठमा नयाँ फिल्मको सुटिङ सुरु गर्ने योजनामा रहेका आचार्य अहिले नयाँ फिल्मको स्क्रिप्टमा व्यस्त छन् ।

‘नीरञ्जना’ नाम राखेर फिल्म बनाउने तयारीमा रहेका आचार्यले यो पनि ‘नाइ नभन्नु ल २’ कै सेरोफेरोमा केन्द्रित हुने जानकारी दिए । उनको भनाइ अनुसार ‘नीरन्जना’ प्रेमको एउटा बिम्ब हो । कसैको आँखा नलागोस् भन्नका लागि ‘नीरञ्जना’ शब्द काफी छ ।anuvab-regmi

‘नाइ नभन्नु ल २’मा आमाले बालक छोरालाइ कसैको आँखा नलागोस भनेर कालो टिका लगाइदिएकी थिइन् भने ‘नीरञ्जना’मा प्रेमिकाले प्रेमीलाई टिका लगाइदिन्छिन् ।
यस चलचित्रमा अनुभव रेग्मी, आर्यन सिग्देल, सञ्चिता लुइटेल, प्रियंका कार्की, सुरज सिंह ठकुरी मुख्य भूमिकामा छन् ।

यस्तै संयम पुरी, आश्मा डिसी, गरिमा पन्त, नीरज बराल, मुकेश ढकाल विशेष भुमिकामा छन् । यही चलचित्रवाट सञ्चिता लुइटेल चार वर्षपछि सुटिङमा फर्किएकी छिन् । संचिताले दुई सन्तानको जन्मपछि मोटाएको आफ्नो शरीरलाई निक्कै नै मेन्टेन गरेको देखिन्छ ।sanchita-luitel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment