Comments Add Comment

सुनचाँदीको भाउ बढ्दै, ५१ हजार ३ सयमा किनबेच

Gold७ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा दुई सय रुपैयाँ बढ्दै ५१ हजार ३ सय रुपैयाँ पुगेको छ । पछिल्ला दिनमा सुनको भाउ उकालो लागिरहेको छ ।

गत शुक्रबार सुन तोलाको ५१ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो । सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लाग्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेर ७ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment