Comments Add Comment

एभरेष्टले एक बराबर १.५ प्रतिशत हकप्रद शेयर दिने

७ मंसिर, काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले सेयरधनीलाई एक बराबर १.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

हकप्रद शेयर प्रस्ताव पारित गर्न कम्पनीले आगामी मंसिर २३ गते विषेश साधारणसभा बोलाएको छ । बीमा समितिले तोके बमोजिम चुक्ता पुँजी वृद्धि गर्न कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको चुक्ता पुँजी हाल १० करोड ९ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद शेयर वितरण पश्चात चुक्ता पुँजी २५ करोड २२ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्जीबन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तमा कम्पनीले १३ लाख ६१ हजार नाफामा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment