Comments Add Comment

बाबुरामले भने- मैले त मध्यमार्गी भूमिका खेल्ने हो

७ मंसिर, काठमाडौं । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख दलहरुले गर्ने सहमतिलाई संविधानसभासम्म पुर्‍याउन आफूले मध्यमार्गी भूमिका निर्वाह गर्ने बताएका छन् । उनले संविधान लेखनका विवाद मिलाउन संवाद र सहमतिको प्रयास जारी रहने बताए ।

समितिले संविधानसभामा पठाउने प्रतिवेदनका विषयमा तत्काल दलहरुबीच सहमति बन्न नसकेपछि छलफल जारी राख्ने गरी संवाद समितिको बैठक स्थगित गरिएको भट्टराईको स्वकीय सचिवालयले जनाएको छ ।

‘सहमति नहुने भएपछि बैठकमा विवाद मात्रै चर्काएर केही अर्थ रहदैन भनेर आजको बैठकलाई स्थगित गरिएको छ’, संवाद समितिका सभापति डा. भट्टराईले भनेका छन्, ‘दलका नेताहरु जेमा, जतिबेला सहमति गरेर आउनुहुन्छ, मैले त मध्यमार्गी भूमिका मात्रै खेल्ने हो, मैले त्यसमा हस्ताक्षर गरेर पठाउँछु ।’

सहमति जुटेपछि मात्रै संवाद समितिको बैठक बसालेर प्रतिवेदन पठाउन भट्टराईलाई संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भनेको भट्टराईको स्वकीय सचिवालयले जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले पनि ‘सहमति जतिबेला हुन्छ त्यतिबेलै बैठक राख्नुहोला’ भनेको सचिवालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment