Comments Add Comment

छविको बर्थ डेमा आइनन् रेखा, कुन–कुन हिरोइनले दिए साथ(भिडियोसहित)

chabi-birthday

निर्माता छविराज ओझाले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस्तै, उनले चलचित्र क्षेत्रमा लागेको २५ बर्षको अवसर पारेर केक पनि काटेका छन् । छविले जन्मदिन र चलचित्रको प्रवेशको २५ बर्ष मनाउादै गर्दा उनलाई शुभकामना दिन चलचित्र क्षेत्रका थुप्रै हस्तीहरु उपस्थित थिए ।

चलचित्र ‘यूगदेखि यूगसम्म’ निर्माण गरेर निर्माताको रुपमा  अगाडि बढेका छविले पछिल्लो पटक सत्रौ चलचित्र ‘हवल्दार सुन्तली’ निर्माण गरेका छन् । छविलाई जन्मदिनको शुभकामना दिन उनले चलचित्र नगरीमा भित्राएका कलाकार, प्राविधिक, निर्देशकहरु उपस्थित थिए । तर, छविकै कारण चलचित्र क्षेत्रमा स्थापित भएकी नायिका रेखा थापा भने कार्यक्रममा देखिइनन् । निर्माता ओझाले रेखालाई बारम्बार फोन गरेर आउन भनेका थिए ।silpa-and-rajani

तर, रेखा नआउादा छविले केही खल्लो महशुश गरे । रेखाले छविलाई ‘मामु’ भनेर सम्बोधन गर्दै जन्मदिनको अवसरमा शुभकामना सन्देश भने पठाएकी थिइन् । कार्यक्रममा बोल्दै छविले रेखालाई कलाकार र निर्माताको रुपमा आफूलाई केही समय साथ दिएकोमा धन्यवाद दिएका थिए ।chabi-and-dipa

छविले आफ्नो चलचित्र यात्रा २५ बर्ष पुगेका अवसरमा उपस्थित केही नायिकाहरुसाग मिलेर केक काटेका थिए । नायिकाहरु पूजना प्रधान, शिल्पा पोख्रेल, रजनी केसी, दिपाश्री निरौलाले छविको २५ बर्ष लामो चलचित्र यात्राको अवसरमा केक काटे ।chabiraj

यता, छविले नै चलचित्र नगरीमा भित्राएका केही नायकहरु र चलचित्रकर्मीले जन्मदिनको केक काटेका थिए । कार्यक्रममा बोल्दै निर्माता छविराज ओझाले आफूलाई २५ बर्षको अन्तरालमा नै चलचित्रकर्मीले चलचित्र क्षेत्रको ‘बा’ भनेको भन्दै अझै २५ बर्ष चलचित्र निर्माण गरेर ‘हजुरबा’ बन्न मन लागेको बताए । कार्यक्रममा कलाकार निर शाहले चलचित्र नगरीमा २५ दिन टिक्न गाह्रो हुने भन्दै  २५ बर्षसम्म यात्रा गर्नु चानेचुने कुरानभएको बताउादै छविको योगदानको कदर गरे । कार्यक्रममा उपस्थित अन्य चलचित्रकर्मीले छविको योगदानको कदर गरे ।chabi-kek-katdai

‘किस्मत २’को घोषणा
यसैबिच, जन्मदिनको अवसर पारेर छविले ‘किस्मत २’ बनाउने घोषणा गरेका छन् । निर्देशक श्याम भट्टराइलाई लिएर उनले चलचित्र बनाउन लागेका हुन् । सामिप्य तिमिल्सिनाको पटकथा तथा संवादमा बन्न लागेको चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहनेछ । चलचित्रका कलाकार तथा अन्य प्राविधिकको छनोट साेमबारबाट सुरु हुनेछ ।

‘हवल्दार सुन्तली’को प्रदर्शन मिति तय
यसैबिच, छविराज प्रोडक्शनको ब्यानरमा बनेको सत्रौ चलचित्र ‘हवल्दार सुन्तली’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पा पोख्रेल, सविन श्रेष्ठ, किशोर खतिवडाको अभिनय छ ।

भिडियो हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment