Comments Add Comment

जाजरकोट बस दुर्घटना : मृतकको संख्या ४७ पुग्यो

JAJARKOT-BUS-ACCIDENT
पानी मुनिबाट शव निकाल्दै उद्धारकर्मी

७ मंसिर, खलंगा । जाजरकोटको भुर गाविसमा गत विहीबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

जाजरकोट–सुर्खेत सडकखण्डको भूतचौर भन्ने स्थानबाट भेरी नदीमा खसेको बसका यात्रुहरु खोज्ने क्रममा आइतबार ४२ शव फेला परेपछि मृतकको संख्या ४७ पुगेको हो ।

मध्यपश्चिम प्रहरी प्रवक्ता राजेन्द्र श्रेष्ठले आइतबार एकै ठाउँमा ४२ वटा शव भेटिएको जानकारी दिए । यसअघि पाँच जनाको शव भेटिएको थियो ।

‘आज ४२ जनाको शव भेटियो, योसँगै दुर्घटनामा मर्नेको संख्या ४७ पुगेको छ,’ श्रेष्ठले अनलाइनखबरसँग कुरा गर्दै भने ।

नदीमा डुबेको बस निकाल्ने क्रममा ४२ यात्रुहरुको शव बसभित्र एकैठाउँ फेला परेको उनले जानकारी दिए । दुर्घटनाग्रस्त बसमा रहेका यात्रुहरुको संख्या एकीन नभएकोले सोमबार पनि खोजी कार्य जारी राख्ने उनले बताए ।

‘बसमा कम्तिमा ६० यात्रुहरु रहेको अनुमान छ, त्यसैले भोली पनि एकचरण खोज्छौं,’ श्रेष्ठले भने ।

आइतबार फेला परेका सबै शवलाई ट्याक्टरमा राखेर जाजरकोट जिल्ला अस्पतालमा ल्याइएको छ । अस्पतालबाटै शवहरुलाई आफन्तको जिम्मा लगाइने छ ।

नदीमा हराइरहेका यात्रुहरुको खोजी गर्न नेपाली सेनाको गोताखोर टोली र पोखराबाट ल्याइएको भाडाका गोताखोरहरुलाई परिचालन गरिएको छ ।

जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागि छुटेको ना ३ ख १४०८ नम्बरको बस गत विहीबार सडकबाट झण्डै ६० मिटर तल खसेर भेरी नदीमा डुबेको थियो ।

दुर्घटनामा मानवीय क्षति धेरै भएपछि जाजरकोट शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment