Comments Add Comment

यौन दुर्बलताका कारण र बच्ने उपाय

शंकर खनाल
मानिसहरु आफ्नो उमेरको २० देखि ३० वर्षसम्म यौन जीवनको उत्कर्षमा हुने गर्छन् । तर, कतिपय मानिसहरु ४० वर्ष पुग्दा नपुग्दै यौन दुर्वलताको शिकार हुन पुग्छन् र उनीहरुमा यौन इच्छा र क्षमतामा कमी आउन थाल्छ ।

शारीरिक स्वास्थ्यसँग सम्बन्धित कारण र अवस्थालाई पनि दोष दिन नमिल्ने होइन । तर, युवाहरुमा हुने यौन दुर्वलता मानसिक कारण बढी हुने गर्दछ । जसका बारेमा हाम्रो ध्यान गएको हुँदैन र हामी शरीरमा नै त्यसको समाधान खोजिरहेका हुन्छौं ।

sex lifeयौन दुर्वलताअन्तरगत लिंग उत्तेजनाको कमीलाई अंग्रेजीमा इरेक्टाइल डिसफङ्सन भनिन्छ । जसमा व्यक्तिले चाहेर पनि आफ्नो यौन अंगलाई उत्तेजित पार्न सक्दैन । अथवा चाहिने बेलासम्म उत्तेजित अवस्थामा राख्न सक्दैन । स्वास्थ्य यौन जीवनको लागि मानिसको स्नायु प्रणाली र मानसिक अवस्थाले स्वस्थ रहनु पर्दैन ।

एउटा अध्ययनले के देखाउँछ भने अमेरिकामा एक करोड ८० लाख मानिसहरु लिंग उत्तेजना नहुने समस्याबाट पीडित छन् । हाम्रो देशमा त्यस्तो अध्ययन भएको पाइँदैन । पुरुषहरुमा उमेरले यौन इच्छामा कमी आउनु स्वाभाविक हो र त्यो प्रायः ६५ वर्षमाथिको उमेर समूहमा तीब्र रुपमा बढ्दो क्रममा पाइन्छ । जुन तथ्य जोन होप्किङ ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थको अध्ययनले देखाएको छ ।

यौन ह्रासका कारण र प्रभाव

यौन दुर्बलता ४० वर्ष भन्दा मुनिका व्यक्तिमा कम हुने गर्छ । यदि उसको शारीरिक स्वास्थ्यमा कनै वंशाणुगत कारण छैन भने (डा.जोफ्री के कोलोनका अनुसार) । यसको प्रमुख कारण मानसिक अवस्था नै हो र अर्को कारण चाँही मधुमेहको जटिलता हुन सक्छ, जुन यो उमेर समूहमा त्यति प्रवल हुँदैन ।

यौन र मानसिक अवस्थाको कुरा गर्दा यो व्यक्तिको सोचसँग पनि जोडिएको हुन्छ । जसलाई उसले कसरी बुझेको छ र त्यसलाई कसरी ब्यवहारमा उतार्छ, त्यसमा भर पर्ने कुरा हो । हरेक ब्यक्तिले जतिबेला पनि १६ वर्षको हुन खोज्नु सम्भव हुँदैन ।

यौन दुर्वलताका मानसिक कारणहरु

यसका अनेक कारणमध्ये निम्नलिखित केही मानसिक कारण छन्

·     यौनक्रिडा राम्रोसँग गर्न सक्छु/सक्दिँन भन्ने कौतुहलता र शंका ।
·     आफ्नै लिंगप्रतिको हीनताबोध ।
·     सुषुप्त होमोसेक्सुआलिटी ।
·     आफ्नो यौनसाथीप्रति नकारात्मक सोच र अविश्वास ।
·     पारिवारिक तनाव ।
·     व्यवसायिक तनाव ।
·     यौनप्रतिको अस्वाभाविक सोच ।
·     मानसिक समस्या, चिन्ता र दिक्दारीपन ।
·     आफूप्रतिको अवधारणा, आत्मसम्मान, आत्मबल, आत्मसमीक्षाको कमी । महत्वाकांक्षा र वास्तविकताबीचको दूरी/खाडल आदि ।

यौन दुर्वलताका अन्य कारण

मानसिक समस्याबाहेक अरु केही कारणहरु जसले यौन कार्यमा प्रभाव पार्ने र शिथिलता ल्याउने कारण निम्न हुन सक्छन्

·     आर्थिक अवस्था

·     अनुपयुक्त वातावरण र हस्तक्षेप

·     धुम्रपान-धुम्रपान गर्नेहरुलाई डेढ गुणा (१.५) बढी यौन दुर्बलता हुन्छ नगर्नेको तुलनामा ।

·     डिप्रेसन-डिप्रेसन र लिंग दुर्बलता एक अर्कासँग सम्बन्धित हुन्छन् । अध्ययनहरुले डिप्रेसन हुनेहरुलाई १.८ गुणा बढीले यौन दुर्बलता हुन्छ भन्ने देखाउँछ ।

·     अर्को कारण उच्च रक्तचाप र मोटोपना हो । जसको ब्यवस्थापनले समस्यामा सुधार ल्याउन सक्छ ।

·     कुनै दुखद घटनाहरुको पुनरावृत्ति-कुनै कष्टदायक घटनाहरुको पुनःस्मरणले पनि त्यही समयको सेरोफेरोमा यौन समस्या ल्याउन सक्छ ।

·     बेरोजगारी, अनमेल विवाह, प्रेम र विवाह फरक व्यक्तिसँग हुनु, पारिवारिक पृष्ठभूमिमा अति नै भिन्नता हुनु आदि पनि समस्याका कारण हुन सक्छन् ।

·     मादक पदार्थ र ड्रग्सको सेवन पनि यौन इच्छा र यौन क्षमतामा कमी ल्याउने शक्तिशाली कारणहरु हुन् ।

यौन दुर्बलताका निम्ति अरु कारणहरुमा प्रोटेष्टको शल्यक्रिया, मेरुदण्डको चोट, हार्मोनहरुको असन्तुलन आदि छन् ।

टेस्टोसटेरन, जुन पुरुषमा हुने हर्मोन हो, जसको कमीले परुषमा यौन क्षमताको कमी गराउन सक्छ । जुन ४० वर्ष भन्दा माथिका पुरुषहरुमा हरेक चारजनामा एकजनालाई हुन सक्छ ।

हरेक २० वर्ष र ३० वर्षबीचको उमेर समूहमा हरेक २० जनामा एक जनालाई टेस्टोसटेरनको कमी हुन्छ । यो पनि यौन दुर्बलता ल्याउन सहयोगी हुन्छ ।

यो समस्यालाई मलजल गर्ने ठूलो कारण भनेको सम्बन्धित ब्यक्तिले आफ्नो समस्यालाई आत्मसाथ नगर्नु, नस्वीकार्नु र त्यसको समाधान उपयुक्त समयमा नगर्नु हो ।

यौन दुवलताका समाधानका उपाय :

·     मादक पदार्थ र ड्रग्सको प्रयोग नगर्ने

·     धुम्रपान नगर्ने

·     नियमित ब्यायाम गर्ने

·     तनाव कम गर्ने

·     ७-८ घण्टासम्म लगातार निदाउने

·     आत्मबल बढाउने

·     आफूप्रति सकारात्मक सोच राख्ने

·     यौनलाई स्वभाविकरुपमा ग्रहण गर्ने

·     आफूसँग जे छ, त्यसैमा रमाउन सिक्ने

·     बढी महत्वाकांक्षा नपाल्ने

औषधिको चक्कीको सहारामा बाँच्ने चाहना राख्नुभन्दा आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु नै यो समस्यासँग जुध्ने सही उपाय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment