Comments Add Comment

कमल थापालाई सुध्रिन २१ दिनको मौका

Kamal-Thapa-final७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका असन्तुष्ट पक्षले अध्यक्ष कमल थापालाई २१ दिनभित्र सुध्रिन मौका दिदै नसुध्रिए नयाँ शक्ति निर्माण गर्ने चेतावनी दिएको छ ।

काठमाडौंमा दुई दिनसम्म चलेको राप्रपा नेपाल सुदृढिकरण अभियानको राष्ट्रिय भेलाबाट पारित निणर्यहरु सार्वजनिक गर्न आइतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापालाई यस्तो चेतावनी दिइएको हो ।

भेलाले राप्रपा नेपाल राष्ट्रिय एकता र आन्तरिक प्रजातन्त्रलाई सर्वोपरी मानेर पार्टीलाई सुदृढ तुल्याउन अध्यक्ष थापाको विशेष ध्यानाकर्षण गराउँदै अध्यक्षको अधिनाकवादी, एकलौटी, अप्रजातान्त्रिक, अपारदर्शी कार्यशैली सच्चाउन माग गरेको छ ।

Padmasundar laotiपत्रकार सम्मेलनमा सुदृढिकरण अभियानका संयोजक पद्मसुन्दर लावतीले पार्टीभित्र मौलाएको भ्रष्टाचार एव सैद्धान्तिक विचलन निराकरण गर्नुपर्ने अभियानको उद्देश्य रहेको बताए । उनले पार्टी नेतृत्वले कार्यकर्ताहरुको बर्षौंदेखिको रगत पसिनाको लगानी र विश्वासमाथि गम्भिर आघात पुर्‍याएको आरोप समेत लगाए ।

लावतीले अबको २१ दिनभित्र अध्यक्ष थापा नसुधि्रए नयाँ शक्तिको जन्म हुने चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment