७ मंसिर, नयाँदिल्ली । डिसेम्बर ४ देखि अस्ट्रेलियामा हुने टेस्ट श्रृङ्खलामा भारतीय टोलीको नेतृत्व विराट कोहलीले गर्ने भएका छन् ।
नियमित कप्तान महेन्द्रसिंह धोनी घाइते भएपछि विराटलाई पहिलोपटक टेस्ट क्रिकेटको कप्तानको जिम्मेवारी दिइएको हो । विराट भारतीय टेस्ट टिमको ३२ औं कप्तान हुन् ।
अस्ट्रेलियाका फास्ट बलर पिटर सिडलले दिएको सुझावमा प्रतिक्रिया जनाउदै उनले भनेका छन्, ‘मैले पिटर बिरुद्ध खेलेको छु । उनी राम्रा बलर हुन्, त्यसप्रति मेरो कुनै गुनासो छैन ।’
पिटरले कोहलीसँग थप जिम्मेवारी र आतंकित भीडको सामना गर्नुपर्ने चुनौति रहेको बताएका थिए ।
आफ्ना खेलाडीहरुको क्षमतामा पूरा विश्वास रहेको भन्दै कोहलीले राम्रो खेल खेल्ने बताए ।
तस्वीर : क्रिकेट कस्मीक डटकम