Comments Add Comment

आइरिन एजुकेशन फेयरमा तीन हजार सहभागी

edeucation fair (1)७ मंसिर, काठमाडौं । विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी राजधानीमा आयोजित ‘आइरिन एजुकेशन फेयर’ आइतबार सम्पन्न भएको छ ।

पाँचतारे अन्नपूर्ण होटलमा दुई दिनसम्म चलेको मेला तीन हजारभन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका छन् ।

३८ वटा स्टलहरु रहेको १० वटा युनिभर्सिटी र नेपालका चर्चित २८ वटा एजुकेशन कन्सल्टेन्सी सहभागी थिए । मेलामा अष्ट्रेलियाबाट ७ वटा युनिभर्सिटी र आयरल्यान्ड, अमेरिका र न्यूजिल्यान्डका एक/एक वटा युनिभर्सीटीको सहभागिता रहेको मेला संयोजक विज्ञान श्रेष्ठले जानकारी दिए ।

edeucation fair (2)युनिक्याम्पसका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठका अनुसार मेलामा अपेक्षा गरिएभन्दा बढी विद्यार्थी तथा अविभावकहरुको सहभागिता थियो ।

मेलामा सहभागी युनिभर्सिटी र कन्सल्टेन्सीहरुले विदेशमा पढ्न जान चाहने विद्यार्थीहरुका जिज्ञासा समाधान गरेको उनले जानकारी दिए ।

edeucation fair (3)मेलामा सहभागी युनिभर्सिटीबाट केही विद्यार्थीहरुले स्कलरशीप समेत हात प्राप्त गर्न सफल भएको बताइएको छ । साथै, नेपाली कन्सल्टेन्सीहरुले पनि मेलामा सहभागी विद्यार्थीलाई विदेशमा पढ्न जान चालिने प्रोसेसिङ शुल्कमा छुट प्रदान गरेका थिए ।

मेलाका थप तस्वीरहरू हेर्नुस्

edeucation fair (4) edeucation fair (5) edeucation fair (6) edeucation fair (7) edeucation fair (8) edeucation fair (9) edeucation fair (10) edeucation fair (11) edeucation fair (12) edeucation fair (13) edeucation fair (14) edeucation fair (15) edeucation fair (16) edeucation fair (17)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment