Comments Add Comment

बैंकहरूको ३ सय ७० किलो सुन बिकेन

पुष्प दुलाल

७ मंसिर काठमाडौं । वाणिज्य बैंकहरुको ३ सय ७० किलो सुन बिकेको छैन । नेपाल बैंकर्स संघले गत चैत्रदेखि बैंकको सुन बिक्न छाडेको भन्दै कात्तिक १७ गते राष्ट्र बैंकलाई पत्राचार गरी बैंकहरुसँग मौज्दात रहेको सुनबारे जानकारी गराएको थियो ।

Gold

व्यवसायीहरुले तस्करससँग सस्तोमा किन्न थालेपछि बैंकको सुन नबिकेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

डेढ अर्बको सुन थन्कियो

एक किलो सुनमा ८२ तोला हुन्छ । प्रतिकिलो सुनको मूल्य ४० लाख रुपैयाँ पर्छ । जसअनुसार हाल १७ वटा बैंकसँग ३ सय ७० किलो अर्थात १ अर्ब ४८ करोड रुपैयाँ मुल्य बराबरको सुन मौज्दात छ ।

संघका अनुसार नबिल बैंकसरग सबैभन्दा बढी अर्थात करिब १ सय किलो मौज्दात छ । बैंक अफ काठमाडुसँग सबैभन्दा कम  अर्थात ४ किलो सुन मौज्दात छ । त्यसैगरी  सानिमा, एनसीसी र सिद्धार्थ बैंकसँग बढी सुन मौज्दात छ ।

किन बिकेन बैंकको सुन ?

तस्करसँग खरिद गर्दा बैंकको भन्दा सस्तोमा पाइने भएपछि व्यवसायीहरुले बैंकको सुन नकिनेको राष्ट्र बैंकका उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।

चीनबाट अवैधरुपमा सुनको आयात भएको प्रहरीले बताउँदै आएको छ ।

तर, व्यवसायीहरुले भने बैंककोभन्दा सस्तोमा विदेशबाट आएकाहरुसरग पाइने भएकाले उनीहरुसरकै किनेको बताउँरदै आएका छन् । सरकारले विदेशमा रहेका नेपालीले स्वदेश फर्किंदा शुन्य भन्सारमा ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको छ ।

कोटा प्रणाली लगाउनुको कारण

विगत ०६६ सालमा ४५ अर्ब रुपैयाँको सुन आयात भएपछि राष्ट्र बैंकले सुनलाई विलासी वस्तुकोरुपमा परिभाषित गर्दै आयातलाई निरुत्साहित गर्ने नीति अवलम्वन गरेको थियो । सोही वर्ष मुलुकको भुक्तानी सन्तुलन २३ अर्ब रूपैयाँले घाटामा गयो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत दैनिक २० किलो मात्रै सुन ल्याउन पाइने व्यवस्था गरेको थियो । गत साउनयता २० किलोलाई घटाएर दैनिक १५ किलो कोटा तोकिएको थियो ।

व्यवसायीहरुले कोटाका आधारमा नेपाल सुनचारदी व्यवसायी महासंघको सिफारिसमा बैंकबाट सुन किन्न पाउने व्यवस्था छ । संघले सिफारिस गर्दा रकम लिने भएकाले पनि बैंकबाट सुन किन्दा महंगो परेको व्यवसायीहरुको गुनासो छ ।

तर, सिजनमा दैनिक ४०/४५ किलो सुनको माग रहेको भन्दै व्यवसायीहरुले राष्ट्र बैंकले तोकेको कोटाले नपुग्ने बताउने व्यवसायीहरुले बैंकबाट दैनिक २० किलोको दरमा भित्रिएको सुन किन्न छाडेका छन् ।

सीधै व्यवसायीलाई किन्न दिइने

राष्ट्र बैंकले बैंकहरुले सीधै व्यवसायीलाई सुन किन्न पाउने व्यवस्था गर्ने तयारी गरेको छ । ‘वाणिज्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका व्यवसायीले सीधै बैंकबाट सुन किन्न पाउने व्यवस्था गर्ने तयारी गरिरहेका छौं’ राष्ट्र बैंक स्रोतले भन्यो ।

बैंकको लागत बढ्यो

सुन बिक्न छाडेपछि बैंकहरुको लागत बढेको छ । बैंकहरुले सुनको बीमालगायतमा खर्च गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकले लागतसहित ०.५ बढीमा प्रतिशत मात्रै नाफा राख्न पाइने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment