Comments Add Comment

मोदीलाई काठमाडौं बाहिर जान फुर्सद भएन : भारतीय विदेश मन्त्रालय

७ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले समयाभावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्न नसकेको स्पष्टीकरण दिएको छ ।
विदेश मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गरी स्वदेशभित्र छाड्नै नमिल्ने खालका पूर्वनिर्धारित कार्यक्रमहरुका कारण काठमाडौं बाहिर जान नसकिएको जनाएको छ ।NARERNDRA MODI
नेपाल सरकारले मोदीको इच्छाअनुसार नै जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणका लागि न्यानो स्वागतार्थ सबै तयारी गरेको जानकारी हुँदाहुँदै पनि यसपटक सम्भव नभएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धको गम्भिरता र महत्वलाई बुझेको भन्दै भारतीय विदेश मन्त्रालयले उनले कुनै पनि अवसरमा नेपाल भ्रमण गर्न चाहेको बताएको छ ।
चाँडै जनकपुर,लुम्बिनी र मुक्तिनाथको भ्रमणको अवसर मिल्ने मोदीले अपेक्षा गरेको विज्ञप्तिमा जनाइएको छ ।

याे पनि पढ्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment