Comments Add Comment

सार्कमा ३५० प्रतिनिधि हुने, सुरक्षा गर्न २८ हजार सुरक्षाकर्मी

saarc_countries-flag-FINAL

८ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा सात देशका झन्डै तीन सय ५० प्रतिनिधि सहभागी हुने भएका छन् । नेपालबाट २४ जना सहभागी हुनेछन् ।
श्रीलंकाबाट सबैभन्दा धेरै ७५ जनाको टोलीले सम्मेलनमा भाग लिँदै छ भने थोरै भुटानबाट २१ जनाको टोलीले सहभागीता लिने नयाँ पत्रिकामा खबर छ । त्यस्तै बंगलादेशबाट ७२, अफगानिस्तानबाट ५५, पाकिस्तानबाट ५१, भारतबाट २६ र माल्दिभ्सबाट २३ प्रतिनिधि सहभागी हुने परराष्ट्रले जनाएको छ ।
परराष्ट्रका अनुसार प्रतिनिधिमण्डलमा सरकार प्रमुख तथा राष्ट्रप्रमुख, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव, सहसचिव, सार्क शाखाका अधिकृत, शिष्टाचारका अधिकारीहरु सहभागी हुनेछन् ।
२८ हजार सुरक्षाकर्मी परिचालित
सार्क सम्मेलनका लागि २८ हजार सुरक्षाकर्मी खटिएका छन् । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीलाई सार्क अवधिभर एकीकृत रुपमा परिचालन गरिनेछ ।
नियमित गस्ति, चेकिङलगायतको प्रमुख जिम्मेवारी प्रहरीलाई दिइएको छ भने भीभीआईपीको सुरक्षा जिम्मा सेनालाई दिइएको छ । सेनाका उपरथी पवनजंग पाण्डेको नेतृत्वमा सैनिक मुख्यालयमा कमाण्ड पोस्ट एक महिनाअघि नै स्थापना गरिएको थियो । सो कमाण्ड पोस्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एआईजीहरु छन् । यो टिमले समन्वय गरी सुरक्षा व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment