Comments Add Comment

राष्ट्रिय अनुसन्धान आयोगको सूचनाप्रति सेना, प्रहरी र सशस्त्र प्रहरी सशंकित

Saarc
८ मंसिर, काठमाडौ । आगामी बुधवारबाट सुरु हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क)को १८ औं शिखर सम्मेलनमा विदेशी पाहुनाहरुको आगमनसँगै उपत्यकाको सुरक्षा गस्तीमा नेपाली सेना खटिएको छ । तीन दिनअघिदेखि नेपाली सेनाले उपत्यकाका सवै क्षेत्रमा गस्ती सुरु गरेको राजधानी दैनिकमा खबर छ ।

एरिया कभरेज तथा फोकस क्षेत्रमा पहिलेदेखि नेपाली सेनाले सामान्य सूचना संकलनसहित गस्ती सुरु गरेको भए पनि तीनदिनअघिदेखि चक्रपथभित्रको क्षेत्रमा नेपाली सेनाले गस्ती बढाएको सैनिक प्रवक्ता सहायकरथी जगदीश पोखरेलले बताए । उनका अनुसार सार्क सम्मेलन हुने स्थल तथा चक्रपथभित्रका सवै क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ ।

सार्क सुरक्षामा कुनै कमजोरी हुन नदिन नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले पनि उपत्यकामा सुरक्षा गस्ती बढाएका छन् ।
सडकका दायाँबायाँ तथा गल्लीहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ती पनि बढेको छ । सेना र प्रहरीका अधिकृृतहरु पर्याप्त संख्यामा सादा पोशाकमा समेत खटिएका छन् ।

सार्वजनिक स्थलमा हुने सुरक्षाकर्मीको बाक्लो उपस्थिति र चेकजाँचको अवस्थाले नै सुरक्षा प्रभावकारिताको संकेत दिने भएकाले सुरक्षा सतर्कताका अधिकांश गतिविधि अदृष्य समेत हुने गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । देखिने गरी गस्तीमा खष्टिनुका साथै सादा पोशाकमा सूचना संकलन गर्दै सुरक्षा सजगतासमेत अपनाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

जाँचमा सक्रिय भएर लागेको राष्ट्रिय अनुसन्धानको सूचना सतही र झारा टार्ने मात्र भएको तीन सुरक्षा निकायका अधिकारीहरुले ठह गरेका छन् । त्यही कारणले तीनै सुरक्षा निकायले आ-आफ्नै संयन्त्र खडा गरी सूचना संकलनको काम गरिरहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment