Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले सार्क शिखर सम्मेलनको तयारी पूरा भएको, मोदीको भ्रमण सार्कमा केन्द्रित भएको, राजधानीमा आजबाट जोर बिरोर नम्बरका सवारी गुड्ने नियम लागु भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले एक वर्षमा संविधानसभामा साढे ३४ करोड सकिएको, प्रचण्डले बालुवाटारमा सहमति भएको होइन भनेको, सार्कमा तीन सय ५० प्रतिनिधि सहभागी हुने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले सहमतिको पहलका लागि एमाओवादी फेरि पछि हटेको, शीर्ष बैठकका लागि दर्जनभन्दा बढी प्रस्ताव आएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले मेलम्चीको पानी आउने छाँट अझै नरहेको, सहमति उल्टिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment