Comments Add Comment

सोमवारका पत्रिकामा विजनेश खबर

सोमवार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा चिनी उद्योगबाट ८० मेगावाट विजुली किनिने, किसानको नाममा दुरुपयोग, वैदेशिक रोजगारीमा २२ करोड ठगी लगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।
कारोाबार दैनिकले ‘चिनी उद्योगबाट ८० मेगावाटको बिजुली किनिने’ शीर्षकमा मुख्य खबर छापेको छ । उर्जा अभावले मुलुकभरका उद्योग आक्रान्त छन् ।
यस्तै, मजदुर ज्याला र निर्माण सामग्रीमा उच्च वृद्धि, एटीएम हृयाकर खोज्न इन्टरपोल गुहार्दै प्रहरी, पूर्व लडाकुको साढे ६ करोड तलब भत्ता बेरुजु, चौधरी समूह हाइड्रोतर्फ लगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकमा किसानको नाममा दुरुपयोग, पाँच कृषि वस्तुमा ५० अर्ब बाहिरियो, क्यासिनो पर्यटन उद्योग, दूरसञ्चार पूर्वाधार सेयरिङ निर्देशिका आउँदै, मध्यमोदी हाइड्रो निर्माण सुरु लगायतका खबर छन् ।
आर्थिक दैनिकमा वैदेशिक रोजगारीमा २२ करोड ठगी, माथिल्लो कर्णालीको लागत दोब्बर बनाइएको खुलासा, आन्तरिक कर्जा बढ्यो, कान्तिपुर सेक्युरिटीमा राजश्वको छापा, नेप्सेमा ६ अंकको सुधार लगायतका खबर छन् ।

arthik-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment