Comments Add Comment

विदेशी शहरमा बिरुवा रोप्दै प्रिन्सा, भोटिङमा अगाडी

prinsha-1
काठमाडौ । १८ औं सार्क शिखर सम्मेलनका लागि सरकारले काठमाडौको सडक किनारा हरियो बनाइरहेको बेला मिस अर्थमा सहभागी सुन्दरी  प्रिन्सा श्रेष्ठले पनि फिलिपिन्सको पार्कमा बिरुवा रोपेकी छिन् ।
बाटानगासवाट ताइवानसिटी जाने क्रममा पार्कमा बिरुवा रोप्दै गरेकी  प्रिन्साले अन्य देशका सुन्दरीसँग बिभिन्न पोजमा तस्बिर समेत खिचाएकी छिन् ।
तानवना सिटीमा रहेको सिटी हलमा आयोजित कार्यक्रममा प्रिन्साले आइतवार बेलुकी नेपाली नृत्य प्रस्तुत गरेकी छिन् । आफ्नो नृत्य धेरैले मन पराएको उनले जनाएकी छिन् ।

prinsa-shrestha
प्रिन्साले मिस फोटोजेनिकका टाइटलका लागि सामाजिक सञ्जालवाट भारतीय, स्वीजरल्याण्ड, श्रीलंका र अष्ट्रेलियन सुन्दरीले भन्दा धेरै भोट पाएकी छिन् ।
फेशबुक, ट्वीटर र गुगलवाट पाएको भोटको नतिजा उनले आफ्नो फेशबुक पेजमार्फत सार्वजनिक गर्दै भनेकी छिन ‘यो नतिजा शुक्रवारसम्मको हो, भोटिङ अझै जारी छ ।’ भोटिङ नोभेम्बर २५ सम्म जारी रहने छ ।

prinsha-3
प्रिन्साले जनाएअनुसार उनले १५ हजार ८ सय ६५ भोट पाएकी छिन् भने भारतीय सुन्दरीले १५ हजार ६ सय ९६ भोट पाएकी छिन् । त्यस्तै स्वीजरल्याण्डकी सुन्दरीले १४ हजार ९ सय ९० , श्रीलंकाकी सुन्दरीले १४ हजार ४ सय ४७ र अष्ट्रेलियाकी सुन्दरीले १३ हजार १ सय ४५ भोट पाएकी छिन् । त्यसो त उनि अहिले उत्कृष्ठ १६ मा पर्न सफल भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment