Comments Add Comment

अयोध्याबाट आज जनकपुर जन्ती आउने

फाइल तस्वीर
फाइल तस्वीर

८ मंसिर, जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सवमा सहभागि हुन भारतको अयोध्याबाट सोमवार जनकपुर जन्ती आउने भएका छन् ।

साढे ३ सयको संख्यामा आउने सो जन्तीलाई महोत्तरीको मटिहानीबाट गाजाबाजाका साथ जनकपुर ल्याईने जानकी मन्दिरको कार्यक्रम रहेको छ ।

रामजानकी विवाहका लागि नेपाल प्रभारी ओमप्रकाश सर्राफको नेतृत्वमा जन्ती ल्याइने जनाइएको छ । जन्तीको स्वागतका लागि जनकपुरमा विशेष तयारी भईरहेको छ । जन्ती जनकपुरमा आएपछि नगर परिक्रमा गराइने कार्यक्रम छ ।

जन्तीको भोजन र बासको व्यवस्था जनकपुरस्थित मारवाडी सेवा समितिमा गरिएको रामजानकी विवाह बरात यात्राका नेपाल प्रभारी सर्राफले जानकारी दिए । अयोध्याबाट आएका जन्ती जनकपुरमा हुने सम्पूर्ण वैवाहिक कार्यक्रममा हुनेछ । मंसिर १ गते जनकपुरका लागि अयोध्याबाट जन्ती प्रस्थान गरेको छ । त्रेतायुगमा भगवान रामले सोही मार्ग प्रयोग गरेको भन्ने धार्मिक विश्वासका साथ सोही मार्ग प्रयोग गरी जन्ती आउने प्रचलन छ । बीचबाटोमा जन्तीहरुलाई स्वागत गरिन्छ ।

जन्तीमा दशरथको भूमिकामा अयोध्याका दिगम्बर अखडाका महन्थ सुरेश दास, वशिष्टको भूमिकामा ऋषिकेशका सिद्ध हनुमान मन्दिरका महन्थ डा.रामेश्वर दास वैष्णव, हरिद्वारका महन्थ मोहन दास रामायणी, जम्मुका महन्थ मकसुदन दास, गुजरातका महन्थ गंगा दास, वृन्दावनका महन्थ कान्ति दास, हरिद्वारका महन्थ भगवान दास, हरिद्वारका जुना अखाडाका महन्थ रवीन्द्र दास, इलाहावादका महन्त रामतिरथ दास, अयोध्याका महन्थद्वयकन्हैया दास र विजयमान भक्तमाल दास रहेका छन ।

यसैगरी विश्व हिन्दु परिषदका अन्तराष्ट्रिय महामन्त्री चम्त राय, विश्व हिन्दु परिषदका अन्तराष्ट्रिय उपाध्यक्ष जिवेश्वर मिश्र, परिषदका केन्दि्रय सहमहामन्त्री अशोक तिवारी सहितका दर्जनौं नेताहरु पनि आउने छन् ।
मंसिर १३ गते जन्तीको विरगंज नाका मार्फत भारत फिर्ता जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment