Comments Add Comment

एक व्यक्ति एक पेशा लागू नगर्न अडानको माग

८ मंसिर, काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन अफ नेपाल अडानको केन्द्रीय परिषद्को बैठक फागुनमा हुने भएको छ । अडानको केन्द्रीय समिति बैठकले आगामी फागुन ८ र ९ गते परिषद् बैठक आयोजना गर्ने निर्णय गरेको अध्यक्ष मोहनराज रेग्मीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अडानले स्थानीय निकायको लेखापरीक्षण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बाट ईजाजत प्राप्त लेखापरीक्षकहरुबाट भैरहेकोमा महालेखापरीक्षकको कार्यालयबाट गर्ने गरि कानुन संशोधन हुन लागेकोमा आपत्ति जनाएको छ ।

लेखापरीक्षकहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ बमोजिम पाएको अधिकार तथा सूबिधाबाट बञ्चित गरिए मान्य नहुने अडानले जनाएको छ ।

अडान बैठकले एक व्यक्ति एक पेशा पूर्ण रुपले तत्काल लागु नगर्न आईक्यान समक्ष माग गरेको छ ।

अडानले हाल पर्याप्त जनशक्तिको अभावमा एक व्यक्ति एक पेशा लागु हुन नसक्ने, लेखापरीक्षण रकम सीमा वृद्धि, योग्यतम र अनुभवी आरएहरुलाई सिएमा सहज प्रवेश लगायत २२ सुत्रीय मांगहरु आइक्यानसमक्ष प्रस्तुत गर्दै आन्दोलन र दवाव सिर्जना गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment