Comments Add Comment

एसबिआई बैंकको शेयरधनीलाई २२ प्रतिशत लाभांश प्रस्ताव

८ मंसिर, काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

SBI-BANK-RAUTAHATआइतबार बसेको सञ्चालक समिति बैठकले प्रस्तावित बोनश शेयर र नगद लाभांश बैंकको २१औं वाषिर्क साधारणसभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

बैठकले गत आर्थिक वर्ष २०७०/०७१ को नाफा-नोक्सान बाँडफाँड हिसाब लगायतका वाषिर्क आर्थिक विवरण स्वीकृत गरेको छ । बैंकले गत आवमा ९२ करोड २९ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । जुन मुनाफा अघिल्लो वर्षको तुलनामा १९.६४ प्रतिशतले बढी हो ।

एसबिआई बैंक नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी सञ्चय कोषको प्रवर्द्धनमा स्थापित बैंक हो ।

बैंकले हाल ६५ वटा व्यवसायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ७५ वटा एटिएम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment