+
+

गरिमा विकास बैंक आठौं वर्षमा, निकट भविष्यमै चार शाखा खोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ८ गते ११:०९

८ मंसिर, काठमाडौं । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड आइतबार देखी आठौं वर्षमा प्रवेश गरेको छ ।

सञ्चालनको यस अवधिमा बैंकले  विभिन्न स्थानमा १४ वटा शाखा सञ्चालन गरेको छ । पोखराको सभागृहचोक, महेन्द्रपुल, र बाटुलेचौर, स्याङ्जाको वालिङ, गल्याङ र पुतलीबजार, पाल्पा जिल्लाकोे तानसेन र रामपुर रुपन्देही जिल्लाको बुटवल र भैरहवा, कपिलस्तु जिल्लाको जितपुर, र पर्वत जिल्लाको कुश्मा, फलेवास र हुवास शाखा कार्यालय स्थापना गरेको हो ।

बैंकले निकट भविष्यमा स्याङ्जाको बयरघारी, नवलपरासीको कावासोती, बाग्लुङ र तनहुँको दमौलीमा समेत ४ वटा शाखा कार्यालय खोल्ने प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

यी शाखा कार्यालयहरु सञ्चालनमा आएपछि बैंकको कार्यक्षेत्र भित्र ९ जिल्लामा १८ वटा शाखा कार्यालयहरु हुने ढकालले बताए ।

आर्थिक वर्ष २०७१/७२ को हालसम्मको अवधिमा बैंकले ४ अर्व ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको पहिलो असोज मसान्तमा बैंकले ४ करोड ८२ लाख संचालन नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १ सय ३३ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?