Comments Add Comment

सार्क सचिवालय स्थानान्तरण हुने

८ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थायी समिति बैठकले त्रिदेवीमार्गस्थित सार्क सचिवालयको कार्यालय स्थानान्तरणका साथै तीन क्षेत्रीय केन्द्र बन्द र चारवटा केन्द्र एकापसमा गाभ्ने निर्णय गरेको छ ।

सार्क सचिवालयलाई काठमाडौँ उपत्यकाभित्रै स्थानान्तरण गर्ने निर्णय भएको हो ।

बैठकले काठमाडौंस्थित सार्क सूचना केन्द्र, नयाँदिल्लीस्थित सार्क अभिलेख केन्द र इस्लामावादस्थित मानव स्रोत विकास केन्द्र बन्द गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी मालदिभ्सस्थित तटीय क्षेत्र व्यवस्थापन केन्द्र, बंगलादेशस्थित जल तथा मौसम अनुसन्धान केन्द्र, भुटानस्थित वन केन्द्र र भारतस्थित सार्क विपद् व्यवस्थापन केन्द्रलाई ‘सार्क वातावरण तथा विपद् व्यवस्थापन केन्द्र’मा विलय गर्ने निर्णय भएको छ ।

कार्यक्रम समितिको बैठकको सिफारिसको आधारमा यस्तो निर्णय लिइएको परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव शंकरदास वैरागीले जानकारी दिए ।

भक्तपुरस्थित सार्क क्षयरोग एवम् एचआइभी/एड्स प्रयोगशालालाई स्तरोन्नति गर्ने पनि निर्णय भएको छ । प्रयोगशाला स्तरोन्नतिका लागि भारत र बंगलादेशले वित्तीय सहयोग गर्ने छन् ।

बैठकले सार्कका उच्च एवम् मान्यताप्राप्त निकायबीच सहयोग बढाउने तथा दक्षिण एसियाली महिला विकास मञ्चलाई सार्कको अङ्गका रुपमा अनुमोदन पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment