Comments Add Comment

हङकङद्वारा नेपाल २ विकेटले पराजित

National Criket team of Nepal at Colombo

सुरेश भुसाल/राजकुमार श्रेष्ठ

८ मंसिर, कोलम्बो । अन्तराष्ट्रिय मान्यता प्राप्त टी-२० क्रिकेटमा नेपाल हङकङसँग २ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको ७३ रनको लक्ष्य हङकङले मात्र अन्तिम बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मध्य क्रमका व्याट्सम्यान अनास खान र अहजाज खानले समान २१/२१ रन जोडे ।

नेपालका शक्ति गौचन र सागर पुनले समान २/२ विकेट लिए भने सोमपालकामी, अमृत भट्टराई र पारस खड्काले १/ १ विकेट लिए ।

यसअघि कोलम्बोको पी सारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो । ओसिलो मैदानमा टस हार्नु नेपालका लागि निकै घातक बन्यो ।

game summary_nep-HONGKONG

नेपालको सुरुवात निकै खराव रहृयो । ओपनर सुवास खकुरेल व्यक्तिगत दुई रनमा आउट हुँदा नेपालको स्कोर ९ थियो । लगातार विकेट गुमाएको नेपालले २५ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो ।

तर, नेपालको पारी सोमपाल कामीले उकासे । उनले मात्र ३१ बलमा दुई छक्का र चार चौकाको मदतमा ४० रन बनाए ।

अन्य व्याट्सम्यान भने चल्न सकेनन् । नरेश बुढायर र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाए भने शक्ति गौचन ५ रनमा अविजित रहे । बसन्त रेग्मीले ३, सागर पुनले २ तथा विनोद भण्डारी र राजेश पुलामी मगरले १-१ रन बनाए । कप्तान पारस खड्का पहिलो बलमा नै बोल्ड आउट भएका थिए ।

SOMPAL KAMIब्याटिङमा चम्किए सोमपाल

पछिल्लो समय नेपाली टिमका बलिङ मेरुदण्ड जस्तै बनेका सोमपाल कामी परेको बेला ब्याटिङमा पनि जम्न सक्ने खेलाडी हुन् ।

तर, उनले आज हङकङसँगको टी-२० इन्टरनेशनलमा जस्तो ब्याटिङ गर्नै मौका पहिले पाएका थिएनन् ।

टप अर्डरले निकै खराब प्रदर्शन गरेको खेलमा सोमपाल एक्लैले नेपाललाई २५ रन बनाउँदा ८ विकेट गुमाएको अबस्थाबाट ७२ रनसम्म पुर्‍याए ।

११.५ ओभरमा बसन्त रेग्मी ३ रनमा आउट भएपछि नवौं नम्बरमा ब्याटिङ गर्न आएका उनले आक्रामक ब्याटिङ गर्दै केबल ३१ बलमा ४० रन बनाए ।

नेपालको इनिङमा पहिलो चौका प्रहार गर्दै टीमलाई हौसला दिए । आज उनले ६ चौंका र २ छक्कासहित ४० रन जोडे ।

अन्तिममा ब्याटिङ गर्न आएका उनले निकै कुसलतापूर्वक ब्याटिङ गरे । उनले तेस्रो ओभरमा बाबर हृयातको विकेट पनि लिए ।

PLAYER OF THE MATCH Aizaz Khan (Hong Kong)

हङकङका ऐजाज खान प्लेयर अफ दी म्याच भए । उनले नेपालको दुई विकेट झारेका थिए ।

PARAS KHADKA at Colombo

AMRIT BHATTARAI BASANTCRICEKT TEAM OF NEPAL(COlombo r 10

SHAKTI GAUCHAN2

SHAKTI GAUCHAN

r 5

WICKEET

r 1

SAGAR PUN

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment