Comments Add Comment

अब ‘डिम्याट’ सेयर प्रमाणपत्र धितोमा ऋण पाइने

cdsc(1)८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले डिम्याट (सेयरको अभौतिक  प्रमाणपत्र) सेयर धितोमा कर्जा पाउने व्यवस्था मिलाएको छ ।
केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र नै जारी गरेर यस्तो व्यवस्था मिलाएको हो ।

‘बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा प्रवाह गर्दा भौतिक सेयरको हकमा सक्कल प्रमाणपत्र धितो राखेर र अभौतिक सेयरको हकमा प्रचलित व्यवस्था बमोजिम धितो बन्धकी भएको प्रमाण लिएर कर्जा प्रदान गर्नुपर्नेछ’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

तर, ब्रोकरले जमानत दिने सम्बन्धी प्रक्रिया बारेमा धितोपत्र वोर्ड र नेप्सेले आवश्यक व्यवस्था गरेको आधारमा सेयरको सक्कलै प्रमाणपत्र प्राप्त नभएको अवस्थामा पनि ब्रोकरको जमानत र शेयर खरिद बिक्री रसिदका आधारमा आवश्यक मार्जिन कायम गरी बढीमा एक वर्षको लागि कर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा नपुर्‍याउने राष्ट्र बैंकले जनाएको छ ।

‘यस्तो कर्जाबाट सृजना हुन सक्ने जोखिम न्यूनीकरणको लागि इजाजतपत्र प्राप्त संस्थाले उपयुक्त व्यवस्था मिलाउनु पर्नेछ’ परिपत्रमा उल्लेख छ ।

कात्तिक २० गतेयता यसरी नामसारीमा पठाएको सेयरको भौतिक प्रमाणपत्र जारी नहुने र डिम्याट एकाउन्टमा मात्रै सेयर आउने व्यवस्था गरिएको छ ।  सिडिएससीले  आगामी बैसाख दुईर् गतेदेखि डिम्याट सेयरको मात्र कारोबार गर्ने जनाएको छ ।

डिम्याट सेयरको धितोमा कर्जा पाउन थालेपछि सेयर बजार बढ्ने विश्वास गरिएको छ ।

राष्ट्र बैंकको परिपत्र पढ्न यहाँ क्लिक गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment