Comments Add Comment

लावतीलाई नयाँ पार्टी खोल्न कमल थापाको सुझाव

Kamal-thapa-1
फाइल फोटो

८ मंसिर, झापा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पद्मसुन्दर लावती समूहलाई नयाँ पार्टी खोलेर देखाउन चुनौति दिएका छन् ।

पार्टीमा असन्तुष्ट लावती पक्षले पद छाड्न २१ दिनको समयसीमा दिएको भोलीपल्ट थापाले यस्तो चुनौति दिएका हुन् ।

‘मैले राजीनामा दिने कुरै आउँदैन,’ सोमबार झापाको विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले भने, ‘मलाई २१ दिने अल्टिमेटम दिनेहरुलाई इच्छा भए अर्काे पार्टी खोले हुन्छ ।’

पार्टीमा निरंकूृशता लादेको भन्दै लावती पक्षले कमल थापालाई सुध्रिन २१ दिनको म्याद दिएको थियो । ‘राप्रपा नेपाल सुदृढिकरण अभियान’ चलाउँदै आएका लावतिले अध्यक्ष थापा नसुध्रिए नयाँ शक्ति घोषणा गर्ने चेतावनी दिएका छन् ।

राप्रपा नेपाल पहिलो शक्ति
अध्यक्ष थापाले हाल चौथो शक्तिमा रहेको राप्रपा नेपाल अब पहिलो शक्ति बन्ने दाबी गरेका छन् । पत्रकार भेटघाटमा थापाले कांग्रेस, एमाले र एमाओवादीप्रति जनताको वितृष्णा बढेकोले अब राप्रपा नेपाल सबैभन्दा ठूलो दल हुने दाबी गरेका हुन् ।

‘अब राप्रपा नेपाल पहिलो शक्तिको रुपमा उदय हुन्छ, ठूला भनिएका दलको सत्ता केन्दि्रत फोहोरी खेल जनताले रुचाएका छैनन्,’ अध्यक्ष थापाले भने ।

राप्रपा नेपालले उठाएका हिन्दू राज्य स्थापना लगायतका विषय समावेश नभए जनताले नयाँ संविधान नस्वीकार्ने उनले चेतावनी समेत दिए

अब बन्ने नयाँ संविधानमा सनातन हिन्दू राष्ट्र कायम गराउने उद्देश्यले जनमत तयार गर्न मेची अञ्चलका कार्यकर्ता भेटघाटका लागि थापा झापा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment