Comments Add Comment

पर्यटकको सुरक्षाका लागि लुम्विनीमा पर्यटक प्रहरी

Lumbini-FInal

८ मंसिर, काठमाडौं । गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकको सुरक्षा र सहजताका लागि पर्यटक प्रहरी खटाइएको छ ।

पर्यटकमाथि आपराधिक क्रियाकलाप तथा चोरी डकैती नियन्त्रणका लागि लुम्बिनीमा पर्यटक प्रहरीमार्फत सुरक्षा प्रदान गर्नका पर्यटक प्रहरी खटाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

लुम्बिनीम्ाा १० जना पर्यटक प्रहरीले सुरक्षा प्रदान गर्ने प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।

लुम्बिनी विकास कोषले पर्यटकका लागि कार्यालय तथा आवासको व्यवस्था गरेपछि पर्यटक प्रहरीले स्थायीरुपमा सेवा प्रदान गर्न लागेको कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी दिए ।

पर्यटक प्रहरी कार्यालय लुम्बिनीको एक कार्यक्रमकाबीच रुपन्देही प्रहरी प्रमुख ढकाल र लुम्बिनी विकास कोषका उपाध्याक्ष आचार्य कर्मा स्ङ्वो शेर्पाले उद्घाटन गरे ।

पर्यटक प्रहरीले सेवा प्रदान गर्ने भएपछि लुम्बिनीमा पर्यटक माथि हुने आपराधिक क्रियाकलाप र अनावश्यक दुःख कस्ट नियन्त्रण हुने विश्वास लिइएको छ ।

प्रहरीले लुम्बिनी विकास कोषभित्रको महत्वपूर्ण स्थानको सुरक्षा गर्ने छन् ।  लुम्बिनीमा वाषिर्करुपमा तेस्रो मुलुक, भारत तथा नेपाली गरी झन्डै आठ लाख पर्यटकले अवलोकन गर्ने गरेको तथ्यांकले देखाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment