Comments Add Comment

प्रचण्डको ‘हाइट’ घटाउन को-को पछि लागे ?

Prachanda८ मंसिर, काठमाडौं । कुनैबेला नेपाली राजनीतिलाई उथल-पुथल गराउन सक्ने क्षमता राख्ने प्रचण्डलाई अचेल आफ्नो ‘हाइट घट्न थालेको’ महसुस भइरहेको छ । यद्यपि सकेसम्म उनी आफ्नो बचाऊ गर्न खोज्दैछन् ।

आइतबार २२ दलीय मोर्चाको अन्तरक्रिया कार्यक्रममा सबैलाई तनाव दिन सक्ने प्रचण्ड पछिल्लो समयमा आफैं तनावमा परेको उनी आफैंले खुलासा गरेका थिए ।

त्यसको भोलिपल्ट सोमबार लाजिम्पाटस्थित शंकर होटलको पत्रकार सम्मेलनमा पनि प्रचण्ड आफ्नो बारेमा चिन्तित देखिए । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले प्रचण्डको बोलीको पनि ठेगान हुन छाडेको भन्दै उनलाई प्रश्न गरेपछि प्रचण्डले आफ्नो बचाऊ गरे ।

‘प्रचण्डको हाइट घटाउन यथास्थितिवादीहरुको एउटा तप्काले नियोजितरुपमा प्रचारबाजी गर्न खोजिरहेको छ,’ प्रचण्डले भने, ‘अस्ति बालुवाटारमा पनि सहमति भएकै थिएन, रातोपीरो हुनेगरी बहसचाहिँ भएको हो, तर मेरो हाइट घटाउन खोज्नेहरुले सहमति भयो भनेर प्रचार गरे ।’

प्रचण्डले आफूलाई बदनाम गर्ने उद्देश्यले प्रचारबाजी हुने गरेको बताए । विशेष गरी पछिल्लो बालुवाटार सहमतिमा अडिन नसकेको र बोलीको ठेगान नभएको भन्दै कांग्रेस एमालेका नेताले आलोचना गरेपछि उनी आफ्नो बचाउमा उत्रिएका हुन् ।

‘मेरो बोलीको विश्वसनीयता छैन भनेर नियोजितरुपमा बदनाम गर्न खोजिएको छ’ उनले भने ‘प्रचण्डको हाइट हटाउन सकियो भने परिवर्तनका एजेण्डा ठेगान लगाउन सकिन्छ भन्ने मानसिकता बोकेकाहरु मेरो पछि लागेका छन्’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment