Comments Add Comment

‘डिम्याट’ धितोमा ऋण दिने व्यवस्थाले तानेन सेयर लगानीकर्ता

८ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकले डिम्याट (सेयरको अभौतिक  प्रमाणपत्र) सेयर धितोमा कर्जा पाउने व्यवस्था गरेको भोलीपल्ट नेप्से परिसूचक करिब अंकले घटेको छ ।

सोमबार ४.८४ अंकले घटेर नेप्से परिसूचक ८ सय ६४.३१ अंकमा झरेको छ । केन्ऽिय बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई डिम्याट सेयर धितोमा कर्जा दिन भन्दै परिपत्र नै जारी गरेको थियो ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि सेयर बजार बढ्ने अपेक्षा गरिए पनि सोमबार भने बजारमा त्यसको प्रभाव परेन । सोमबार नेप्सेमा सबै समूहगत सूचकहरु घटेका छन् ।

व्ाणिज्य बैंक समूहको सूचक ३.२३ अंकले घटेको छ । यो दिन यो समूहको ८ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी होलटको ४.५५ अंकले, विकास बैंकको १.९८ अंकले, जलविद्युतको १७.४४ अंकले, वित्त कम्पनीको ५.०४ अंकले, बीमाको २३.५५ अंकले र अन्य समूहको ८.२२ अंकले घटेको छ ।

यो दिन नेप्सेमा १ सय २६ कम्पनीका ४ लाख ४९ हजार कित्ता सेयर २२ करोड ५५ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment