Comments Add Comment

बोर्डमा सुरेश, सेन्सरमा मेलिना

suresh-darpanचलचित्र विकास बोर्डमा रिक्त रहेको एक सदस्य पदमा सुरेश दर्पणलाई  पोख्रेललाई नियुक्त गरिएको छ । नेपाल सरकारको मन्त्रीस्तरिय बैठकले सुरेशलाई रिक्त रहेको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि चलचित्र सेन्सर बोर्डमा रहेका सुरेश अब बिकास बोर्डमा पुगेका छन् । उनले नेपाली चलचित्रको विकास र विस्तारका लागि सबै चलचित्रकर्मीसाग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

सुरेशलाई २ बर्षका लागि विकास बोर्डमा नियुक्त गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष धरमेन्द्र मरवैताको कार्यकाल भने माघ महिनाबाट सकिदैछ । यस्तै, चलचित्र सेन्सर बोर्डमा नायिका मेलिना मानन्धर फेरि नियुक्त भएकी छिन् । उनी यसअघि पनि सेन्सरमै सदस्य थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment