Comments Add Comment

८ बर्षका निर्देशकले यसरी गरे ‘एक्सन र कट’(भिडियो)

gajit-with-his-son-and-heroin
नेपाली चलचित्र क्षेत्रमा ८ बर्षको उमेरमै निर्देशक बनेका सौगात बिष्टको चर्चा अहिले विभिन्न कोणबाट भैरहेको छ । ८ बर्षको बालकले पनि चलचित्र निर्देशन गर्छ र भन्दै प्रश्न तेर्साउने पनि एकातिर छन् भने अर्कोतिर धेरैले उनले गरेको कामको तारिफ पनि गरिरहेका छन् ।

यसैबिच, दर्शकमा देखिएको कौतुहलतालाई मेट्न यसको निर्माणपक्षले मेकिङ भिडियो सहितको ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक भिडियोमा सौगात एक्सन र कट भन्दै चलचित्र निर्देशन गरिरहेका छन् ।

गजित बिष्ट, संगम बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र मंसिर २६ गतेबाट हलमा लाग्दैछ । चलचित्रले बाबु र छोरीको माया दर्शाउन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment