Comments Add Comment

दर्शक हसाँउने ‘कान्छी मट्याङ ट्याङ’

kanchi-matyang-tang
गतबर्ष ‘छ एकान छ’ चलचित्रलाई दर्शकले रुचाएपछि कमेडीमा लगानी गर्नेहरु सुरक्षित देखिन्छन् भन्ने देखियो । यही कुरालाई मनन गर्दै कलाकार पुरन थापाले ‘कान्छी मट्याङ ट्याङ’ नामक चलचित्र निर्माण गरेका छन् ।

मंसिर २६ गतेबाट हलमा लाग्ने तयारीमा लागेको यो चलचित्र दर्शक हसाँउने खुराक हो भन्छन् पुरन थापा । दिलासा क्रियशनको ब्यानरमा बनेको यो चलचित्रमा जयकिशन बस्नेत, पुरन थापाको साथमा नव–कलाकार सारिका केसीको मुख्य भूमिका छ ।

श्रीमानलाई कान्छी श्रीमती ल्याउन उक्साउँने श्रीमतीको रमाइलो कथामा चलचित्र बनेको यसको ट्रेलर हेर्दा थाहा हुन्छ । चलचित्रले २ घन्टासम्म दर्शकलाई मनोरञ्जन दिने दाबी यसका निर्माता तथा निर्देशक पुरन थापाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment