Comments Add Comment

सलमानका लागि ज्याकलिन उत्तम श्रीमती

salman-and-jaclin
बलिउडका अविवाहित नायक सलमान खानले आफ्नी बहिनी अर्पिताको बिहे त धुमधामका साथ गराइदिए । तर, अर्पिताको बिहे पश्चात अब उनको बिहेको चर्चा हुन थालेको छ ।
यसैबिच, भारतको एक चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा सलमानका लागि नायिका ज्याकलिन फर्नान्डेज सबैभन्दा उत्तम जोडी देखिएकी छिन् । करिब ४७ प्रतिशत दर्शकले सलमानका लागि ज्याकलिनलाई जोडीको रुपमा चयन गरेका छन् ।

ज्याकनिले सलमानका साथ हिट चलचित्र ‘किक’मा अभिनय गरेकी थिइन् । यो चलचित्रसँगै यो जोडीको चर्चा पनि सुरु भएको थियो । यस्तै, सलमानकी पूर्व प्रेमिका कट्रिना कैफ दर्शकको दोश्रो रोजाइमा परेकी छिन् । उनका लागि ३७ प्रतिशत दर्शकले भोट दिएका छन् ।

अविवाहित नायक सलमान खानको बिबाहको चर्चा सधै नै हुने गरेको छ । तर, उनले कहिले बिहे गर्छन् भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment