Comments Add Comment

हट सुष्माको मध्यरातमा ‘मिस कल’ नगर्न आग्रह

susma-and-gajit
चलचित्रको पर्दामा देखिन छोडेकी नायिका सुष्मा कार्कीले एक भिडियोमा मोडलिङ गरेकी छिन् । आइतबार रातको समयमा ललितपुरको ग्वार्को स्थित एक पार्टी प्यालेसमा सेट लगाएर गीतको छायांकन गरिएको हो । गायिका गायत्री थापाको लोक आइटम ‘फोन गर मायालु मिस कल नगर’ बोलको गीतमा सुष्माले मोडलिङ गरेकी हुन् ।

संचारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेको भिडियोमा सुष्मालाई नायक गजित बिष्टले साथ दिएका छन् । गजितले गीत सुन्दै ‘नाचौं नाचौं’ लागेर काम गरेको बताए । भिडियोमा राशी भण्डारीको नृत्य निर्देशन, निरोज श्रेष्ठको छायांकन छ । यो भिडियो एक सातामा नै बजारमा आउने निर्देशक क्षत्रीको भनाई छ ।susma-karki

susma-karki-video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment