Comments Add Comment

सार्क चिन्ह अंकित चाँदीका सिक्का निष्काशन सुरु

८ मंसिर, काठमाडौं । अठारौं सार्क शिखर सम्मेलनका अवसरमा नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का निकाल्न सोमबारदेखि सुरु गरेको छ । सिक्कामा अगाडि सार्कको प्रतीक चिन्ह तथा पछाडि गौतम बुद्ध र मायादेवीको चित्र अंकित हुनेछ ।

प्रवक्ता मनमोहन श्रेष्ठले २५ ग्रामका तीन हजार चाँदीका सिक्का निकालिने जानकारी दिए । तत्कालका लागि ५ सय वटा सिक्का नमुनाको लागि निकाल्ने र बाँकी सार्क शिखर सम्मेलन सकिएपछि निकाल्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रत्येक सिक्का दुई हजार मूल्य बराबरका हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment