Comments Add Comment

अरुण तेस्रोको पीडीए पारित, मंगलबार सम्झौता

८ मंसिर, काठमाडौं । मन्त्रिपरिषद बैठकले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना विकास सम्झौता (पिडिए)लाई पारित गरेको छ ।

सरकारले पिडिए स्वीकृत गरेकाले मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतका अधिकारीहरुबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानीकर्ता भारतीय कम्पनी सतलज विद्युत् निगम र लगानी बोर्डका अधिकारीहरुले सम्झौता पत्रमा हस्ताक्षर गर्ने छन् ।

लगानी बोर्डले यही मंसिर ५ गते सो सम्झौतालाई स्वीकृत गरेको थियो । सतलज अरुण तेस्रो जलविद्युत आयोजनाको विकासकर्ता कम्पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment