Comments Add Comment

विषादीबिनै फल्ने आलुको बीउ तयार

९ मंसिर, काठमाडौं । राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमले विषादीको प्रयोगबिना पर्याप्त मात्रामा आलु उत्पादन गर्न सकिने पीआरपी २५८६१.१ नामक बीउको विकास गरेको छ ।

potato
कार्यक्रमले नौ वर्षको निरन्तर प्रयासपछि रसायनिक मल तथा विषादी प्रयोगबिना फलाउन सकिने बीउको विकास गरेको नागरिक दैनिकमा खबर छ ।

कार्यक्रम संयोजक बुद्धिप्रकाश शर्माले बिषादी प्रयोग गर्न नपर्ने खालको बीच उन्मोचनको तयारीमा रहेको जानकारी दिए । ‘तरकारीमा अधिक विषादी प्रयोग हुने गरेको पाइएको छ,’ उलने भने, ‘तर, अबदेखि आलुखेती गर्दा विषादीको प्रयोग गर्न पर्दैन् ।’

उनका अनुसार उक्त बीउको बाह्य अनुसन्धान केन्द्र तथा किसानको बारीमा परीक्षण भइसकेको छ । ‘अब उन्मोचनको तयारी छ,’ उनले भने, ‘यसै वर्षभित्र आलुको नयाँ जात किसानको बारीमा पुग्छ ।’ लामो समयसम्म रोग नलाग्ने भएपछि विषादी प्रयोग गर्नुको कुनै अर्थ नहुने उनको भनाइ छ ।

बोटविरुवामा रोग लागेपछि त्यसलाई बचाउन किसानले हानिकारक विषादी हाल्छन् । नार्कले विकास गरेको आलुले ९० देखि सय दिनभित्र उत्पादन दिन थाल्ने शर्माले बताए । ‘सो अवधिमा आलुको बोटमा कुनै समस्या आउँदैन । रोग नलागेपछि त कि विषादी हाल्नुपर्‍यो र Û’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment