Comments Add Comment

सरकारीस्तरमा आजदेखि काठमाडौं नयाँदिल्ली बस सेवा

Bus
९ मंसिर, काठमाडौं । सरकारीस्तरमा नयाँ दिल्ली-काठमाडौं बस सेवा आजदेखि सुरु हुने भएको छ । सिंहदरबारमा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि सब त्यहाँबाट साँझ पाँच बजे दिल्लीका लागि छुट्नेछ ।

प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी नरेन्द्र मोदीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सम्झौता गरेपछि बस सेवा उद्घाटन गर्ने तयारी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको नागरिक दैनिकमा खबर छ । यसअघि निजी स्तरमा काठमाडौं-दिल्ली बस सेवा थियो ।

सरकारले मंगलबार दैनिक एक बस दिल्लीका लागि सञ्चालन गर्न लागेको हो । मंगलबारलाई बा ३ ख ४१६९ नम्बरको ३५ सिटे एसी बस तयार गरिएको छ । मंगलबारै दिल्लीबाट पनि काठमाडौंका लागि बस छुट्ने छ । दिल्लीमा युनियन रोड ट्रान्सपोर्ट एवं हाइवे मन्त्री नितीस गड्कारीले बस सेवा उद्घाटन गर्नेछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नेपालबाट र दिल्ली ट्रान्सपोर्ट कर्पोरेसन (डिटिसीले) भारतबाट सवारी व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । पहिले नेपाली सवारी भारतजाँदा सास्ती हुने गरेपनि यो सम्झौताले सहज हुने मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । उनका अनुसार प्रतिबस वाषिर्क ६ हजार ४ सय नेपाली रुपैयाँ रुट पर्मिट शुल्क तिर्नुपर्नेछ भने प्रतियात्रु भाडा ३ हजार ६ सय ८० रुपैयाँ पर्नेछ । सरकारी नीति अनुसार बस सञ्चालन हुँदा यातायात व्यवसायीलाई भने धेरै फाइदा हुने सिटौलाले बताए ।

उद्घाटन कार्यक्रमका कारण मंगलबार बस छुट्ने समय ढिला भए पनि अन्य दिन भने बिहान ९ बजे बस छुट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment