Comments Add Comment

विमानस्थलदेखि सोल्टीसम्म आज दिनभर सवारी निषेध

VVIP-SAARC-GUEST's-SECURITY
९ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार काठमाडौं आउन लागेका सार्क राष्ट्रका सरकार प्रमुखको सुरक्षाका लागि मंगलबार दिनभर मुख्य सडकमा सवारी चलाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्देशनमा सो व्यवस्था लागू गरेको हो ।

प्रहरीका अनुसार सुरक्षाका लागि मंगलबार बिहान ९ बजेदेखि नै नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीसहित नियन्त्रित सवारीसाधन मात्र सञ्चालन गरी त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मका सबै सडक खाली गराइने राजधानीमा खबर छ ।

विशिष्ट अतिथिहरु बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म आउने क्रम जारी रहने भएकाले सो अवधिभर मूल सडक प्रयोग नगरी वैकल्पिक मार्ग अपनाउन पनि ट्राफिक प्रहरी महाशाखाले निर्देशन दिएको छ ।

महानगरी ट्राफिक प्रहरी महाशाखाले सोमबार साँझ विज्ञप्ति प्रकाशन गरी सार्क शिखर सम्मेलनमा सहभागी हुन सार्क सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरु नेपाल आउने कार्यक्रम रहेकाले उनीहरुको सवारी आवागमनलाई सहज बनाउने क्रममा सडक खाली गर्न लागिएको प्रष्ट पारेको छ । सोमबार बिहान र दिउँसो पनि रिहर्सलका रुपमा सडक खाली गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment